Aamsanchar

सामान्यज्ञान लोकसेवा सहयोगी

Author Image
बिहिवार, असार २४, २०७८

१, भानुभक्तीय रामायण कुन रामायणबाट अनुवाद गरिएको हो ?

(क) बाल्मीकीय रामायण (ख) अद्भूत रामायण (ग) तुलसीकृत रामायण (घ) अध्यात्म रामायण
२, भक्तपुरको अन्तिम मल्ल राजाको नाम के हो ?

(क) रणजित मल्ल (ख) श्रीनिवास मल्ल (ग) जयप्रकाश मल्ल (घ) भूपतीन्द्र मल्ल

३, विश्वमा कालीगण्डकी केका दृष्टिले बढी प्रसिद्ध मानिन्छ ?

(क) धार्मिक दृष्टिले (ख) सामाजिक दृष्टिले (ग) भौगर्भिक दृष्टिले (घ) सांस्कृतिक दृष्टिले

४, सप्तऋषिहरूमा निम्नमध्ये कुन ऋषिको नाम पर्दैन ?

(क) अत्रि (ख) विश्वामित्र (ग) वसिष्ठ (घ) अङ्गिरा

५, नेपाली संस्कृतिमा असार १५ लाई कुन दिवसको रूपमा मनाइने चलन छ ?

(क) धान दिवस (ख) कृषि दिवस (ग) रोपाईँ दिवस (घ) हलसारो दिवस                                

६, साउने सङ्क्रान्तिको दिन कुन काम गरिन्छ ?

(क) खीर खाने गरिन्छ (ख) दही च्यूरा खाने गरिन्छ (ग) लुतो फाल्ने गरिन्छ (घ) मोइजारो गरिन्छ  

७, कर्णाली प्रदेशको राजधानी कुन स्थानमा रहेको छ ?

(क) जुम्ला (ख) सुर्खेत (ग) हुम्ला (घ) कालीकोट

८, देवघाट स्थित महेश सन्यासाश्रमको संस्थापक स्वामीको नाम के हो ?

(क) आत्मानन्द गिरि (ख) ज्ञानानन्द गिरि (ग) पुन्यानन्द गिरि (घ) रामानन्द गिरि

९, रू वीसको नेपाली नोटमा कुन जनावरको चित्र छापिन्छ ?

(क) मृग (ख) चित्तल (ग) जरायो (घ) खरायो

१०, बुद्धले सर्वप्रथम उपदेश दिएका स्थानको नाम के हो ?

(क) बोधगया (ख) नालन्दा (ग) कुशीनार (घ) सारनाथ

                                      उत्तरहरू

१– (घ), २– (क), ३– (ग), ४– (घ), ५– (क), ६– (ग), ७– (ख), ८– (घ), ९– (ग), १०– (घ)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर