Aamsanchar

मेचीनगर–१४ मा सार्वजनिक सुनुवाई सम्पन्न

Author Image
बिहिवार, असार २४, २०७८

मेचीनगर । झापाको मेचीनगर नगरपालीकाको दीर्घकालीन नीति र कार्यक्रमले सबै क्षेत्रलाई समेट्न नसकेकाले समस्या देखिएको भन्दै नगरप्रमुखलाई ध्यानाकर्षण गराएका छन् । नगरपालिकाले मेचीनगर-१४ मा आयोजना गरेको सार्बजनिक सुनुवाइमा टोल बिकास समितिका प्रतिनिधिले नगरप्रमुखलाई ध्यानाकर्षण गराएका हुन् ।

टोल बिकास समितिका पदाधिकारीलाई नगरको योजनाबारे सूचित नगरएको, उधोगधन्दाको प्रभावकारी अनुगमन गर्न नसक्दा स्थानीयले समस्या बेहोर्नु परेको, नगरमा कर्मचारी नहुदा बिकास निर्माणको रकम फरफारकमा ढिलासुस्ती भएको, युवा रोजगारमैत्री कार्ययोजना नल्याएको अवगत गराउदै खानेपानी, सडकबत्ती, कृषि तथा सिचाईंका समस्या सामाधान गर्न नगर प्रमुख बिमल आचार्यलाई आग्रह गरेका थिए ।

खोलामा मापदण्ड बिपरित उत्खनन हुँदा नगरकै अनुगमन टिम मुकदर्शक बनेकोले त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न आग्रह गरेका थिए । कार्यक्रममा नगरप्रमुख आचार्यले समस्या देखिएका ठाउँमा आगामी आर्थिक बर्षमा समेटेर जाने प्रतिबद्धता जनाएका थिए । उनले कोरोना कोभिड(ज्ञढ का कारण पनि नगरका कार्ययोजनाहरुमा समस्या देखिएको स्वीकारेका थिए ।

बिपन्नलाई राहत वितरण र वास्तविक कृषकको अभिलेख राख्न ठोस नीति बनाई बिपन्न र कृषकको परिचय पत्र बनाउने समेत उल्लेख गरेका थिए । उनले खोलाको उत्खननको बिषयमा आईअनुसार अनुगमन कमजोर भएको र ठेकेदारलाई कार्वाही गरेको जानकारी गराएका थिए । वडाध्याक्ष शंकर पोखरेलले वडामा भएगरेका गतिविधिको बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा जीवन प्रसाईं, अभिनारायण मैनाली, शान्तिराम कडरिया, बिश्व थापा, प्रकाश पनेरूलगायतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण एबम् सन्चालन सामुदायिक बिकास मन्च नेपालका सोमराज ढकालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर