Aamsanchar
Adv top
Adv below_nav

महिनाबारी गडबडी


परिचय :

किशोरावस्था मा पुगे देखि ४५-५० वर्ष को नहुन्जेल सम्म महिला को योनि बाट नियमित समय को अन्तराल मा रक्तस्राव हुनु लाई महिनाबारी भएको भनिन्छ । एसरी भएको रक्तस्राव तीन दिन देखि पाँच दिन सम्म कायम रहन्छ । यो सिलसिला महिनै पिच्छे हुने भएकाले एसलाई महिनाबारी भनिएको हो । सामान्य अवस्था मा यो हरेक २८ दिन मा एक चोटि हुने गर्छ । २८ दिन मा सात दिन ढिलो वा सात दिन छिटो हुनु लाई पनि असामान्य मानिँदैन । अर्थात् २१ देखि ३५ दिन को बीच मा हुनु पनि सामान्य नै हो । तर २१ दिन भन्दा चाँडो हुनु वा ३५ दिन भन्दा ढिलो हुनु महिनाबारी मा भएको गडबडी को एउटा संकेत हो । अनि महिनाबारी भएको बेला मा पनि अत्यन्त न्यून रक्तस्राव हुनु वा अत्यधिक धेरै रक्तस्राव हुनु लाई पनि महिनाबारी मा गडबडी भएको मानिन्छ । महिनाबारी हुँदा तल्लो पेट दुख्नु लाई पनि सामान्य मानिन्छ । तर दुखाई खप्नै नसकिने भयो भने त्यो पनि महिनाबारी मा गडबडी भएको संकेत हो ।

महिनाबारी शुरु हुँदा कतिपय किशोरी लाई महिनाबारी हुन थालेको केही महिनाभित्र १–३ महिना सम्म पनि महिनाबारी रोकिन सक्छ र महिनाबारी भएको समय मा ९ दिन सम्म पनि रक्तस्राव भइरहन सक्छ । तर एसलाई महिनाबारी मा गडबडी भएको मानिँदैन । किनकि यो समस्या युवा अवस्थामा प्रवेश सँगै बिस्तारै हट्दै जान्छ र महिनाबारी नियमित हुन थाल्छ । तत्पश्चात् पेट मा गर्भ रहे देखि बच्चा जन्मेको केही महिना सम्म महिनाबारी रोकिने प्राकृतिक विधान छ। यो पनि महिनाबारी मा गडबडी को संकेत होइन ।

लक्षण : महिनाबारी मा गडबडी हुँदा निम्न लक्षणहरु देखिन सक्छन् :

२१ दिन देखि ३५ दिन भित्र महिनाबारी नभएर चाँडो वा ढिलो हुनु ।
अत्यधिक रक्तस्राव हुनु वा अत्यन्त न्यून रक्तस्राव हुनु ।
रक्तस्राव हुँदा बडा बडा ढिक्का का रुप मा रगत का फाल्सा खस्नु ।
तल्लो पेट मा असामान्य र खप्न नसकिने दुखाई हुनु । यो दुखाई रक्तस्राव नभएका बेला मा पनि भइरहन सक्छ ।
अनुहार मा डण्डीफोर आउनु ।
बढ्ता मोटाउनु वा बढ्ता दुब्लाउनु ।
गर्भ नरहनु वा गर्भ बस्न गाह्रो हुनु ।
शरीर का विभिन्न भाग मा अवाञ्छित रुप ले रौं पलाउनु ।

कारण :

महिनाबारी मा गडबडी हुनुका पछाडी अनेक कारण हुन सक्छन् । ती मध्ये केही मुख्य कारणहरु लाई तल दिइएको छ –

पाठेघर को रोग : पाठेघर मा संक्रमण भएको छ वा पानी का फोका उठ्ने समस्या भएको छ भने पनि महिनाबारी मा गडबडी देखिन सक्छ ।
रगत नजम्ने समस्या : कसैकसैमा रगत आफ्नो समय मा नजम्ने समस्या हुन्छ । एसका कारण पनि महिनाबारी मा गडबडी उत्पन्न हुन सक्छ ।
हर्मोन मा असन्तुलन : डिम्बाशय मा पोलिस्टिक हर्मोन बढेर वा थाइरोइड हर्मोन मा असन्तुलन हुनाले पनि महिनाबारी मा अनियमितता देखिन सक्छ । पोलिसिस्टक ओभरियन सिन्ड्रोम (PCOS) भएका महिला मा थुप्रै अण्डा विकसित भएका हुन्छन् र सबै अण्डा बाट अलिअलि हर्मोन निस्किएर हर्मोन मा असन्तुलन देखा पर्छ र महिनाबारी मा गडबडी हुन्छ ।
सर्भिकल वा पाठेघर को क्यान्सर : ग्रीबा वा पाठेघर को क्यान्सर भएको अवस्था मा पनि असमय मै रक्तस्राव हुने समस्या देखा पर्न सक्छ ।
इण्डोमेट्रियोसिस : पाठेघर को भित्तो को तह लाई इण्डोमेट्रियम भनिन्छ । कसैकसै मा यो तह लाई एस्तै कोषहरु को अर्को तह ले छोपेको हुन्छ । जसले गर्दा महिनाबारी हुँदा बढ्ता पीडा हुने र बढी रक्तस्राव हुने समस्या देखा पर्छ । तर यो तेति ठूलो समस्या होइन । यो बिस्तारै आफ से आफ निको हुँदै जान पनि सक्छ ।
वंशानुगत कारण : आफ्नो वंश मा कसैलाई महिनाबारी समय मा नहुने गरेको भए आफ्नो महिनाबारी मा पनि गडबडी उत्पन्न हुन सक्छ ।
पोषण को अभाव : शरीर मा पर्याप्त मात्रा मा पोषक तत्व भएनन् भने पनि मासिक चक्र अनियमित हुने गर्छ ।
असामान्य शारीरिक वजन : शरीर असामान्य रुप ले मोटो भयो वा दुब्लो भयो भने पनि महिला मा उत्पन्न हुने एस्ट्रोजेन हर्मोन मा असन्तुलन आउन सक्छ । एसको असन्तुलन सँगै महिनाबारी मा गडबडी हुने सम्भावना हुन्छ।
तनाव : बढ्ता तनाव का कारण महिला का शरीर मा कोर्टिसोल तथा आड्रेनलिन जस्ता हर्मोन उत्सर्जित हुन्छन् जसले निर्धारित समय मा प्रजनन हर्मोन लाई रिलिज हुन दिँदैन र महिनाबारी मा गडबड हुन सक्छ ।
गर्भनिरोध का साधन : गर्भनिरोध का चक्की तथा गर्भनिरोध को तीन महिने सुई पनि महिनाबारी मा गडबडी ल्याउन जिम्मेवार हुने गरेको पाइएको छ।
महिनाबारी पर सार्ने औषधि : चाडबाड वा कुनै उत्सव का बेला महिनाबारी पर सार्नु पर्यो भन्दै जथाभावी खाइने औषधि ले महिनाबारी मा गडबडी निम्त्याउँछ ।
शुरु र अन्त्य मा : सामान्यतः महिनाबारी शुरु भएको केही वर्ष र सुक्न लागेको केही वर्ष महिनाबारी मा गडबडी हुन सक्छ । यो सामान्य हो ।
कहिलेकाहीं महिनाबारी भएको १४-१५ दिन मा अलिअलि रगत देखा पर्न सक्छ । यो अवस्था सामान्य पनि हुन सक्छ । एसलाई ओभ्युलेशन ब्लिडिङ भनिन्छ ।

घरेलु उपचार :

महिनाबारी मा गडबडी को समस्या भनेको आँफैले सजिलै थाहा पाउने समस्या हो । यदि यो कुनै संक्रमण जनित होइन भने एसको निराकरण का लागि आँफैले घर मा उपचार गर्न सकिन्छ । यदि यी उपायहरु अपनाउँदा पनि सुधार भएन भने डाक्टर को परामर्श लिनु उचित हुन्छ ।

जीवनशैली लाई सुधार गरेर । स्वस्थ खानपान, तनाव रहित रहन कुनै कुरा मा व्यस्त रहने बानी को विकास, धूमपान मद्यपान लगायत का खराब अम्मल बाट मुक्ति, नियमित व्यायाम र ध्यान आदि अपनाउँदा फाइदा हुन्छ ।
बढ्ता दुब्लो वा बढ्ता मोटो नहुन का लागि आवश्यक सन्तुलित खानपान गर्ने आदत बसाल्नु पनि लाभदायक हुन्छ ।
महिनाबारी भएको समय मा यौन सम्पर्क नगर्नु उचित हुन्छ ।

परीक्षण र उपचार :

यदि महिनाबारी मा गडबडी को समस्या लाई घरेलु उपाय ले निराकरण गर्न सकिएन भने डाक्टर को सल्लाह लिनु उपयुक्त हुन्छ । डाक्टर ले रक्त परीक्षण तथा पाठेघर को जाँच गरेर महिनाबारी मा गडबडी हुनुका पछाडी को कारण पत्ता लगाउने छन् । तत्पश्चात् जुन कारण ले महिनाबारी मा गडबडी भएको हो सो को उपचार गर्ने तर्फ डाक्टर ले ध्यान दिने छन् ।

यदि गर्भनिरोधक औषधि को सेवन का कारण महिनाबारी मा गडबडी भएको हो भने डाक्टर ले सो औषधि लाई बन्द गर्ने सल्लाह दिने छन् ।
थाइरोइड हर्मोन को असन्तुलन देखियो भने सो को उपचार गर्ने छन् ।
पोलिसिस्टक ओभरियन सिन्ड्रोम ९एऋइक्० भएको पाइएमा सो को उपचार गर्ने छन् ।

रोकथाम कसरी गर्ने :

महिनाबारी मा गडबड हुन नदिन जीवनशैली परिवर्तन गर्नु पर्छ ।
पोषिलो खानेकुरा खानु पर्छ ।
प्रदूषित वातावरण बाट जोगिनु पर्छ ।
नियमित चेकजाँच गराउनु पर्छ ।
आफ्नो शरीरमा कुनै रोग देखियो भने हेलचेक्याइँ नगरी तुरुन्त उपचार गर्नु पर्छ ।
नियमित व्यायाम गर्नु पर्छ ।
शरीर लाई मोटो हुन दिनु हुँदैन ।
गर्भ निरोधक चक्की खाँदा चिकित्सक सँग सल्लाह गरेर मात्र खानु पर्छ।
महिनाबारी भनेको नियमित प्रक्रिया हो, तेसलाई रोक्न औषधि खानु हुँदैन।

साभार : निरोगी नेपाल

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।