Aamsanchar

एक महिनामा ३५ जनालाई टोक्यो सर्पले, दुईवटा भेन्टिनेटर जडान गर्दै कचनकवल

Author Image
शुक्रवार, असार २५, २०७८

फायल तस्वीर गुगलबाट

बनियानी । झापाको दक्षिणी क्षेत्र कचनकवल गाउँपालिकाले सर्पदंश उपचार सेवा शुरु गरेपछि दक्षिणी भेगका नागरिकहरुले राहत महसुस गरेका छ्न् ।

गाउँपालिका स्थित बनियानीमा रहेको स्वास्थ्य केन्द्रमा यही असार ३ गतेबाट शुरुभएको सर्पदंश उपचार केन्द्रमा आज सम्म ३६ जनाले उपचार लिई सकेको गाउँ पालिका अध्यक्ष अन्जार आलमले बताए ।

अध्यक्ष आलमका अनुसार ‘प्रत्येक बर्ष सर्पले टोकेर १०–२० जनाको मृत्यु भइ रहेको अवस्थामा शुरु भएको सर्पदंश उपचार केन्द्रले धेरै नागरिकको ज्यान जानबाट रोक्न सकिने भएकोमा आम कचनकवल बासी खुसी भएका छ्न् ।’

एक महिना बित्न नपाउदै ३५ नेपाली र एक भारतीय नागरिकको उपचार गरि ज्यान जोगाउन सफल भएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले जानकारी दिए । यादवका अनुसार ३६ जना मध्ये ५ जनालाई बिषालु सर्पले टोकेको थियो भने ३१ जनालाई बीस नलाग्ने सर्पले टोकेर उपचार गर्न आई पुगेका थिए ।

भारतकै सिमानामा जोडिएको सर्पदंश उपचार केन्द्रमा बिषालु सर्पले टोकेर ९ घण्टा पछि आइपुगेका भारतीय नागरिकलाई समेत केन्द्रमा उपचार गरि थप उपचार गर्न भेन्टिनेटरको आवश्यकता भएकोले बिएण्सी अस्पतालमा पुर्याएर बचाउन सकिएको केन्द्रले जनाएको छ । उनलाई बचाउन एन्टि ईस्नेक भेनम २२ वटा लगाईएको थियो ।

उपचार केन्द्रमा डा. सहितको विशेषज्ञ टोली २४ सै घण्टा तैनाथ अवस्थामा राखिएको छ । सर्पले टोकेको बिरामीलाई भेन्टिनेटरमा राख्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले १ महिना भित्रमा २ वटा भेन्टिनेटर राख्ने पहल कदमी गरिरहेको अध्यक्ष आलमले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 395

प्रतिक्रिया (०)

सम्बन्धित खबर