Aamsanchar

आम्दा मेची अस्पतालको स्तरोन्नतीका लागि सवैक्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम जारी

Author Image
बिहिवार, असार ३१, २०७८

हालसम्म ३६ लाख बढी रुपैयाँ संकलन

मेचीनगर। झापाको मेचीनगर— १० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा अक्सिजन प्लान्टसहित अस्पतालको स्तरोन्नतीका लागि सवैक्षेत्रबाट धमाधम आर्थिक सहयोग जुट्ने क्रम जारी छ । विभिन्न व्यक्ति र संघ संस्थाले रकम सहयोग गरिरहेका छन् ।

केहीदिनअघि आम्दा मेची अक्सिजन प्लाण्ट जडान तथा अस्पताल स्तरोन्नती अभियानमा सहभागी भई साथ सहयोगका लागि सवैमा आग्रह गरिएको थियो । आग्रह गरिए लगत्तै स्वदेश एवम् विदेशमा बस्दैं आएका धेरै मेचीनगरवासीहरुले स्वतःस्फूतमा धमाधम आर्थिक सहयोग गरिरहेको मेची उद्योग बाणिज्य संघ मेचीनगरका महासचिव ध्रुव कनालले जानकारी दिनुभयो । उहाँका अनुसार असार २९ गतेसम्म ३६ लाख १४ लाख ५० हजार ४ सय ९२ रुपैयाँ संकलन भएको छ ।

मेचीनगर घर भएर विदेशमा बस्दैं आएका मेचीनगरवासीले स्वतःस्फूतरुपमा आर्थिक रकम सहयोग गररीरहेको महासचिव कनालको भनाई छ । पछिल्लो समय मेचीनगर — ९ स्थायी घर भएर अमेरिकामा बसोबास गर्नुहुने डाक्टर केदार नेपाल र सन्तोष प्रसाईको पहलमा संकलन भएको ५ लाख ८ हजार ९ सय ९२ रुपैयाँ संघलाई हस्तान्तरण गरिएको छ । यो रकम मेचीनगर घर भएका र हाल अमेरिका बसेर विभिन्न व्यवसाय गर्ने मेचीनगरवासीबाट प्राप्त भएको हो ।

यसैगरी, झापा मेचीनगर —१० खयरडाँगी स्थायी बसोबास भई हाल अष्ट्रेलिया बस्नुहुने सुशील सुवेदीले २१ हजार रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको सदस्य पौडेलले जानकारी दिनुभयो । धुलावारी माविका पूर्व शिक्षक शान्ति श्रेष्ठले दिवंगत पति ध्रुव श्रेष्ठको स्मृतिमा ५ हजार एकसय, मेचीनगर —१० कै मोहम्मद अब्वासले नगद ५ हजार, मेचीनगर— ८ का शंकर थापा र बेनुका शर्मा निरौलाले नगद ४ हजार, मेचीनगर —१० मा रहेको श्री महालक्ष्मी कृषि सहकारी संस्था लिमिटेडले नगद १५ हजार, मेचीनगर —९ का कुन्दन भट्टराई र ननिता भट्टराईले नगद ५ हजार एकसय रुपैयाँ धुलावारीको सामुदायिक अस्पताल आम्दा मेचीमा अक्सिजन प्लान्ट र अन्य उपकरणहरु राखेर अस्पतालको स्तरन्नोति गर्नका लागि स्वतःस्फूतरुपमा रकम प्रदान गर्नुभएको मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले जानकरी दिनुभयो ।

अहिले पनि मेचीनगरका विभिन्न वडामा बसोबास गर्नेले समेत स्वतःस्फूतरुपमा रकम प्रदान गरिरहेका छन् ।

मेचीनगर नगरपालिका सहित झापाका अन्य अस्पतालहरुमा समेत अक्सिजनको चरम अभावलाई परिपूर्ति गर्दै सहज अक्सिजन आपूर्तिमा टेवा पु¥याउने उद्देश्यले रोटरी क्लब अफ मेचीनगरको सहजिकरण तथा रोटरी क्लब अफ काँकरभिट्टाको अगुवाईमा मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको संयुक्त पहलमा मेचीनगर–१० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा अक्सिजन प्लाण्ट स्थापनाको तयारी गरिएको छ ।

अक्सिजन प्लान्ट निर्माणका लागि सोकारवाला पक्षबीच सम्झौता भईसकेको संघका कार्यकारिणी सदस्य भूमि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्लान्ट निर्माणका लागि मेचीनगर नगरपालिका, रोटरी क्लब अफ मेचीनगर, रोटरी क्लब अफ काँकरभिट्टा, मेची उद्योग वाणिज्य संघ र आम्दा मेची अस्पताल बिच आर्थिक तथा प्राविधिक बिषयको सम्झौता भएको कार्यकारिणी सदस्य दीपेन्द्रराज पाण्डेले जानाकरी दिनुभयो ।

रकम संकलन हुने क्रम अन्तिम चरणमा पुगेपछि संघले सवैक्षेत्रका व्यक्तिहरुलाई सहभागी गराएर संकलन भएको रकमका बारेमा जानकारी गराउने र अब यसबाट के के गर्ने भन्ने विषयमा छलफल गरेरमात्र अघि बढ्ने संघका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिनुभयो । अहिलेको वर्तमान अवस्थामा एकआपस नफूटी जुटेर अघि बढ्ने वेला भएकाले यस्तो मानवीय सेवासँग जोडिएको पुण्यकर्ममा जुट्न समेत उहाँले सवैमा आग्रह गर्नुभएको छ ।

सम्झौता अनुसार मेचीनगर नगरपालिकाको तर्फबाट २५ लाख र मेची उद्योग वाणिज्य संघले १५ लाख प्लान्ट निर्माणका लागि रकम उपलब्ध गराउने छन । त्यस्तै मेचीनगर र काँकरभिट्टा रोटरी क्लबले रोटरी इन्टरनेशनलको तर्फबाट ग्लोबल ग्राण्ड मार्फत प्राप्त हुने करीब ३५ लाख रकमको ब्यवस्थापन गर्ने छन भने आम्दा अस्पतालले अक्सिजन प्लान्ट निर्माणको स्थान र प्राविधिक सहयोग उपलब्ध गराउने छ । मेचीनगरका नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा रोटरी क्लब अफ काँकरभिट्टाका तात्कालिन अध्यक्ष कृष्णकान्त खनियाँ, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्री, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र आम्दा मेची अस्पतालका प्रमुख डा पोषणरमण त्रिपाठीले सम्झौता पत्रमा हस्ताक्षर गरीसक्नुभएको छ ।

८० लाख लागतमा सञ्चालनमा आउने अक्सिजन प्लान्टका लागि स्वीडेनमा निर्माण भएको ५ क्युबिक मिटरका दुई वटा कम्प्रेसर सहितको मेशीन जडान गरिने योजना छ । अक्सिजन प्लान्टका लागि लाग्ने खर्चको व्यवस्थापन भएपनि अस्पतालको अन्य भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारमा रकम लाग्ने र त्यसका लागि सवैक्षेत्रसँग सहयोगको याचना गरिएको थियो ।

अब करीव थप अपुग रकम ७५ लाख मेची उद्योग वाणिज्य संघको अगुवाईमा अन्य सहयोगी दाताहरुबाट संकलन गरिने लक्ष्य लिइएको हुँदा अहिले धमाधम सहयोग जुटेने क्रम जारी रहेको संघले जनाएको छ । ‘हाम्रो सवै हिसाव किताव पारदर्शी हुने छ’ उद्योग उपाध्यक्ष कपिल क्षेत्रीले भन्नुभयो—‘अहिले रकम संकलन भइरहेको छ । अहिले विभिन्न व्यक्तिहरुबाट जम्मा भएको रकमको भौचरहरुलाई सुरक्षितरुपमा राखेका छौ । ’कोभिड १९ का कारण केही समस्या भएकोे उहाँको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 362

प्रतिक्रिया (०)

सम्बन्धित खबर