Aamsanchar

लागुऔषध ब्राउनसुगर बोकेर आएका विर्तामोडका २२ बर्षे युवा भद्रपुरबाट पक्राउ

Author Image
शुक्रवार, साउन १, २०७८

झापा । झापाको भद्रपुर नगरपालिका–३ पृथ्वीनगर देउनिया खोला छेउबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा विर्तामोड–३ का अरविन्द रजकका छोरा बर्ष २२ का चन्दन रजक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

शुक्रबार सिमा प्रहरी चौकी पृथ्वीनगर र ससस्त्र प्रहरी विओपीको संयुक्त टोलीले चेकचाज गर्नेक्रममा रजकको साथबाट १२ ग्राम ४५ मिलिग्राम ब्राउन्सुगर फेला परेको प्रहरीले जनाएको छ ।

बरामत भएको लागुऔषध, मे९प २०८० नम्बरको २२० सिसी कालो पल्सर र रजकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर