Aamsanchar

रोटरी क्लव सुरुंगा र रोट्रयाक्ट क्लवको पद हस्तान्तरण

Author Image
शुक्रवार, साउन १, २०७८

रोटरी क्लवका अध्यक्ष सुशिलकुमार श्रेष्ठले रोट्रयाक्ट क्लवका अध्यक्ष दिपेन ओलीलाई रोटरी पिन हस्तान्तरण गर्दै ।

कनकाई । रोटरी क्लव अफ र रोट्रयाक्ट क्लव सुरुंगाको पद हस्तान्तरण भएको छ ।

नयाँ कार्यकालका लागि रोटरी क्लव अफ सुरुंगा सन् २०२१/०२२ का अध्यक्ष सुशिलकुमार श्रेष्ठ र रोट्रयाक्ट क्लवका अध्यक्ष दिपेन ओलीले सफत र पदभार ग्रहण गरेका छन् । श्रेष्ठलाई संस्थापक अध्यक्ष एलपी उप्रेती र ओलीलाई रोट्रयाक्ट निवर्तमान अध्यक्ष डा.मनिस उप्रेतीले सफत खुवाएका थिए । नव नियुक्त अध्यक्ष श्रेष्ठलाई पूर्व अध्यक्ष कुमार पोखरेलले रोटरीको व्याज प्रदान गरेका थिए ।

बर्ष उत्कृष्ठ रोटरियनको सम्मान लिदै लुबराज उप्रती, सम्मान पत्र प्रदान गर्दै संस्थापक अध्यक्ष एलपी उप्रेती (निलो मास्क) पूर्व अध्यक्ष कुमार पोखरेल (सेतो मास्क) ।

शुक्रबार सुरुंगा स्थित होटल डिलाईटमा कोरोना सचेतना अपनाउदै भौतिक उपस्थिती र भर्चुअलबाट पद हस्तान्तरण कार्यक्रम गरिएको थियो । सफत ग्रहण पस्चात अध्यक्ष श्रेष्ठ र ओलीले आफ्नो कार्यसमिति टिमलाई सफत ग्रहण गराएका थिए ।

रोटरी क्लव सुरुंगाका अध्यक्ष सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा रोटरी क्लवका डिष्ट्रिक गर्भनर सन्तोषप्रसाद रिजालको प्रमुख आथित्यता रहेको थियो । रिजालले जुम मार्फत आथित्यता ग्रहण गरेका थिए ।

सफत लिदै रोट्रयाक्ट पदाधिकारीहरु ।

कार्यक्रममा रोटरी क्लव अफ विर्तामोड मिड टाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, रोटरी क्लव सुरुंंगाका निवर्तमान अध्यक्ष टिकाप्रसाद जमरकट्टेल, प्रमुख अतिथि रिजालले शुभकामना मन्तव्य रोखेका थिए ।

कार्यक्रममा स्वागत खेम प्रसाईं, धन्यवाद मन्तव्य मोतिखर ओझा, टोस्ट प्रकट सुस्मा उप्रेती, कार्यक्रमको संचालन रोटरी क्लव सचिव शरला पोखरेल र रोट्रयाक्ट सचिव सारिका गिरीले गरेकी थिईन् ।

पद हस्तान्तरण समारोहमा नेपाल पत्रकार महासंघको समन्वयनमा प्रत्येक बर्ष वितरण गर्नेगरी रोटरी पत्रकारिता पुरस्कार पनि घोषणा गरिएको छ । पुरस्कारको राशी १५ हजार रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर