Aamsanchar

बजेट फ्रिज भएको भन्दै अर्जुनधारा नगरपालिकामा लगाईएको ताला खोलियो

Author Image
सोमवार, साउन ४, २०७८

अर्जुनधारा । झापाको अर्जुनधाराको नगर शिक्षा शाखा अन्तर्गतका विभिन्न शीर्षकमा आएको बजेट फ्रिज भएको भन्दै नगरमा रहेको सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावक संघका प्रतिनिधिहरुले आईबार मुल गेटमा लगाएको ताला आज खोलिएको छ । सरोकारवालासँग तीन बुँदे सहमति भएपछि उक्त ताला आज खोलिएको हो ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा सोमबार बसेको सरोकारवालाहरुबीचको बैठकमा तीन बुँदे सहमति भएको थियो । अर्जुनधारा नगरपालिकामा सञ्चालित राष्ट्रपति सुधार कार्यक्रमलगायत विभिन्न आयोजनाहरुको समयमा भुक्तानी नभएको सम्बन्धमा के–कति कारणले उक्त समस्या उत्पन्न भएको हो प्रमुख प्रशासकीय अधिकृतले सात दिनभित्र छानविन गरि नगर कार्यपालिकामा प्रतिवेदन दिनुपर्ने निर्णय भएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

यस्तै, विविध प्राविधिक कारणले गत आर्थिक वर्ष ०७७/०७८को अन्तिम समयमा भुक्तानी हुन नसकेको आयोजनाहरुको भुक्तानीका लागि नगरपालिकाले उपयुक्त वित्तीय स्रोत व्यवस्थापन गरि चालु आर्थिक वर्षको वित्तीय कारोबार सञ्चालन हुने पश्चात् (भदौ १५ गतेभित्र) व्यवस्था मिलाउने पनि निर्णय भएको नगर प्रमुखका प्रेस सल्लाहकार नन्दलाल खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर