Aamsanchar

मोटरसाइकलको ठक्करबाट झापामा बृद्धको मृत्यु

Author Image
मङ्गलवार, साउन ५, २०७८

झापा- गएराति झापाको गौरादहमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । राति ८:४५ बजे सडकमा हिडिरहेका गौरादह ३ डिपुचौकका ७२ वर्षिय चेतबहादुर दाहाललाई प्रदेश १–०१–०१२प–५९९० नं को मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करबाट गंभीर घाइते भएका दाहाललाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा त्यहाँ संभव नभएपछि विराटनगरको नोवेल हस्पिटल पुर्याउनासाथ राति १२:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौरादह ३ डिपु चोकमा स्थायी बसोबास गर्ने दाहाल लामो समय शिक्षण पेशा गरी हाल सामाजिक कार्यमा संलग्न थिए । उनी जेष्ठ नागरिक संघ गौरादहको नगर सचिव समेत रहेको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 307

प्रतिक्रिया (०)

सम्बन्धित खबर