Aamsanchar

पौडी खेल्ने क्रममा माडी नदीमा बगेर दुईजना बालिका बेपत्ता

Author Image
मङ्गलवार, साउन ५, २०७८

अर्घाखाँची – प्युठानको माडी नदीमा बगेर दुईजना बालिका बेपत्ता भएका छन्। नदीको किनारमा बाख्रा चराउन गएका उनीहरुलाई पौडी खेल्ने क्रममा नदीले बगाएको हो। बेपत्ता हुनेमा झरेका सरुमारानी गाउँपालिका-४ का बोमबहादुर थापाकी छोरी आठ वर्षीया विपना र नुमबहादुर थापाकी छोरी सात वर्षीया सर्मिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए। उनीहरुलाई सोमबार दिउँसो करिब ३ बजे नदीले बगाएको हो।

मंगलबार बिहानैदेखि स्थानीय र जिल्ला प्रहरी कार्यालयबाट खटिएका आठजना प्रहरीको टोलीले बेपत्ता बालिकाहरूको खोजी भैरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर