Aamsanchar

काठमाडौंमा जारको पानीको माग बढ्यो

Author Image
बुधवार, साउन ६, २०७८

काठमाडौंमा  मेलम्चीबाट पानी नआएपछि जारको पानीको माग १५ प्रतिशतले बढेको बताएका छन् । ‘मेलम्चीबाट पानी आउँदा जारको पानीको माग १० प्रतिशतले घटेको थियो,’ उनले भने, ‘अहिले १५ प्रतिशतले बढेको नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले बताएका छन् ।

उनका अनुसार उपत्यकामा दैनिक दुई लाख जार पानी माग छ। तर, संघले त्यो भन्दा बढी पानी बजारमा पठाउने गरेको छ। ‘हामीले दैनिक कहिले त तीन लाख जार बाँड्ने गरेका छौँ,’ उनले भने।

उनका अनुसार मेलम्चीबाट पानी नआउँदाको समयमा जारको पानीको माग २५ प्रतिशतसम्म थियो। अहिले मेलम्चीबाट पानी आउन छाडेपछि पानी व्यवसाय फेरि लयमा फर्किन थालेको भण्डारीले बताए।

मेलम्चीबाट पानी नै आएपनि जारको पानी कहिलै विस्थापित नहुने उनको भनाइ छ। ‘जारको पानी खाने ट्रेन बसिसकेको छ,’ उनले भने, ‘मेलम्चीबाट पानी आएपनि यहाँ घर हुनेले मात्रै पिउने हो, अफिस लगायत कार्यालयमा त जारकै पानी उपभोग हुन्छ।’

काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का निर्देशक मिलन शाक्यका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानी माग छ। केयुकेएलका दुई लाख ३० हजार ग्राहक छन्।
मेलम्ची खानेपानी आयोजना निर्माण शुरू भएको दुई दशकपछि पानी गत फागुन २२ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलको प्रशोधन केन्द्रमा खसालेका थिए।

मेलम्चीबाट ल्याइएको पानी चैत १५ गतेबाट उपत्यकामा वितरण गरिएको थियो। पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण गरिएको थियो।

पछि दैनिक १७ करोड लिटरसम्म पानी वितरण गरिएको थियो। तर, आयोजनामा क्षति भएपछि अब मेलम्चीको पानी कहिलेबाट उपत्यकामा आउँछ भन्ने टुंगो छैन।

श्रोत : थहा खबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)