Aamsanchar

जीवनमा सफलता प्राप्त गर्ने केही सुत्र

Author Image
आइतवार, साउन १०, २०७८

प्रतिकात्मक तस्वीर गुगलबाट ।

सफल जीवनको लागि चाणक्य नीतिलाई वैज्ञानिक मानिने गरिन्छ । सफलता प्राप्ति गर्नेहरुले  चाणक्य नीतिलाई अनुशरण गरेको पाईएको छ ।  कुनै पनि विषयगत काममा सफलता हासिल गर्न धेरै मेहनत गर्नु पर्ने त हुन्छनै त्यो संगै महान व्यक्तिहरुले सिकाएको ज्ञान र हितोपदेश पालना गर्न पनि उत्तिकै आवश्यक रहने गर्छ । मानिसले सफलता हासिल गर्नको लागि गर्नु पर्ने चाणक्य नीति भित्रका केही महत्वपूर्ण विषयहरु यस्ता रहेका छन् ।

यदि कुनै व्यक्तिलाई आफ्नो लक्ष्य प्राप्त गर्नु छ भने उसले पूरै शक्ति लगाएर काम गर्नुपर्छ । जसप्रकार जंगलका राजा मानिने सिंह आफ्नो शिकार गर्छन् ।

चाणक्यका अनुसार हामी जे पनि कार्य गर्छौ, उसलाई पूरै तागतका साथ गर्नुपर्छ । कार्य सानो होस् वा ठूलो जस्तोसुकै भएपनि पूरै शक्ति लगाएर काम गर्दा मात्र सफलता सम्भव हुन्छ ।

सिंह आफ्नो शिकारमाथि पूरै शक्ति लगाएर झम्टिन्छ र भाग्‍ने कुनै मौका दिँदैंन । यही गुणका कारण ऊ कहिल्यै पनि असफल हुँदैन । यसकारण हामी पनि एक सिंहको जस्तै आफ्नो लक्ष्यमाथि झम्टनुपर्छ, अगाडि बढ्नुपर्छ ।

कार्यमा कुनै पनि प्रकारको ढिलासुस्ती वा लापरवाही भएमा सफलता हामीबाट निकै टाढा भइसकेको हुनेछ । त्यसकारण बिना कुनै लापरवाही कामहरु समयमै सम्पन्‍न गर्न सक्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर