Aamsanchar

ट्वीटर प्रयोगकर्ताका लागि खुसीको खबर !

Author Image
सोमवार, साउन ११, २०७८

माइक्रो ब्लगिङ साइट ट्वीटर प्रयोगकर्ताका लागि खुसीको खबर छ । ट्वीटरले एक नयाँ फिचर थप गर्दैछ जस अनुसार अब ट्वीटर प्रयोगकर्ताले कुनै ट्वीटमा लाइक मात्र होइन डिसलाइक पनि गर्न सक्नेछन् । ट्वीटरले ट्वीटमा अपभोट तथा डाउनभोट फिचरको परीक्षण गरिरहेको छ । डाउनभोट भनेको यस्तो फिचर हो जसमा प्रयोगकर्ताले कुनैपनि ट्वीटमा डिसलाइक गर्न सक्दछन् ।

यसका साथै ट्वीटरले भ्वाइस ट्रान्सर्फमर फिचर पनि थप गर्दैछ । जसले प्रयोगकर्ताले कुनै पनि समारोह आयोजना गर्दाका बखत आफ्नो आवाज परिवर्तन गर्नका लागि अनेक खालका आवाजहरुको उपयोग गर्न सक्दछ । ट्वीटर सपोर्टद्धारा पोष्ट गरिएको एक ट्वीटमा कम्पनीले हाल यी फिचरहरु केही आईओएस प्रयोगकर्ताहरुका लागि परीक्षण गरिरहेको जनाएको छ । एन्ड्रोइड प्रयोगकर्ताले भने यो फिचरको परीक्षण गर्न पाउनका लागि केही समय कुर्नुपर्नेछ ।

एप रिसर्चर जेन मानचुन वोंगका अनुसार यो फिचरले प्रयोगकर्तालाई आफ्नो भ्वाइसको पिच परिवर्तत नगर्ने वा आफ्नो अडियोमा अर्को आवाजलाई जोड्ने अनुमति दिनेछ । लाइभ हुनुभन्दा अगाडि प्रयोगकर्ताले विभिन्न खाले आवाजको परिक्षण गर्न सक्नेछन् र आफ्नो आवाज कस्तो सुनिन्छ ? भनेर थाहा पाउन सक्नेछन् । ट्वीटरका अनुसार प्रयोगकर्ताले आफूलाई चित्त नबुझ्ने ट्वीटरमा डिसाइक गर्न सक्ने भएपनि त्यस्तो डिसलाइकहरु सार्वजनिक भने हुने छैनन् ।

ट्वीटर शोधकर्ता कोडी एलम भन्छन् स् यसले मानिसहरुलाई सार्वजनिक रुपमा कुनै व्यक्तिलाई लज्जित नबनाइकन ट्वीटको गुणवत्तामाथि निजी रुपमा आफ्नो राय दिने सामर्थ्य प्रदान गर्नेछ । यद्यपि लाइक र रिट्वीट बाहेक अन्य इन्गेजमेन्ट बटनमा ट्वीटरले रुचि देखाएको यो पहिलो पटक भने होइन । उदाहरणका रुपमा केही समयअघि ट्वीटरले इमोजी शैलीका कमेन्ट गर्न सकिने फिचरका बारेमा समेत प्रयोगकर्ताहरुमा सर्भेक्षण गरेको थियो । सोही सर्भेक्षणमा अपभोट तथा डाउनभोटका बारेमा पनि सोधिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 364

प्रतिक्रिया (०)

सम्बन्धित खबर