Aamsanchar

निषेधाज्ञामा बिर्तामोडमा हेलिकप्टर हेर्नेको घुईचो

Author Image
आइतवार, साउन १७, २०७८

बिर्तामोड । झापाको विर्तामोडमा कोरोना संक्रमण उच्चदरलाई भुल्दै निषेधाज्ञाको अवज्ञा गरेर सयौं व्यक्तिहरु एकैठाउँमा जम्मा भएर निषेधाज्ञाको अवज्ञा गरेका छन् ।

आज विरामी लिन काठमाडौंबाट आएको हेलीकप्टर बिर्तामोड स्थित बुट्टाबारी चिया बगान छेउमा दिउसो २ बजे अवतरण गरिएकोे हेलीकप्टर हेर्ने, सेल्फी खिच्ने र टिकटक बनाउन सर्वसाधरणको भिड लागेको थियो ।

टोलको गल्ली गल्लीबाट आएका स्थानियहरुले हेलिकप्टरलाई पृष्ठभुमी बनाएर कोहीले फोटो खिचिरहेका थिए भने कोही गीत गाउदै टिकटक बनाउन व्यस्त देखिएका थिए । यता बिर्तामोड नगरपालिकाले निषेधाज्ञा जारी गरेको छ । त्यसमाथी जिल्ला कोभिड नियन्त्र समितिले पनि आजबाट झापा जिल्ला निषेधाज्ञा घोषणा गरेको छ ।

यतीवेला घर घरमा कोभिड विरामीहरु देखा परेका छन् । तरपनि नागरिकहरुमा भने कोभिड संक्रमणको भय नभएको आजको यो भिडभाड दृष्यले पुष्टि गरेको छ ।  समान्य चहलपहल हुने व्यापार, तरकारी फलफूल पसल पनि बन्द गरिएको बिर्तामोडमा टोलटोलमा जमघट र चहलपहलमा भने कमी आएको छैन ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर