Aamsanchar

मंगल् सेवा समितिद्वारा मेची अस्पतालको पोषण पुनर्स्थापना गृहलाई खेल सामग्री

Author Image
आइतवार, साउन १७, २०७८

झापा – मंगल् सेवा समिति भद्रपुरले मेची अस्पतालको पोषण पुनर्स्थापना गृहलाई मनोरञ्जनात्मक खेल सामग्री प्रदान गरेको छ । सन्त गुरुजी श्री १०८ सदानन्दजी माहाराजको शुभ जन्मदिनको अवसरमा समितिले पोषण पुनर्स्थापना गृहको बालबालिकाका लागि २५ हजार मूल्य बराबरको खेल सामग्री वितरण गरेको हो ।

सो सामग्री आइतबार एक कार्यक्रमका बिच अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेललाई हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक गोपाल दास खनालले जानकारी दिए । सो कार्यक्रममा भद्रपुर ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज), ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, अस्पतालका मेसु डा. टङ्कप्रसाद बाह्रकोटी, पोषण शाखाकी सञ्चालिका गङ्गा लिम्बू, स्वास्थ्यकर्मी यशोदा कोइराला, भद्रसिवा मंगल् टोलका अध्यक्ष पूर्ण विष्ट र लायन्स क्लब भद्रपुरका कोषाध्यक्ष उत्तम राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर