Aamsanchar

गीतकार इन्दिरा चेम्जोङ्गको ‘एकलौटी बजार ’ बोलको नयाँ गीत भिडियो सार्वजनिक

Author Image
सोमवार, साउन १८, २०७८

झापा । गीतकार इन्दिरा चेम्जोङ्गको ‘एकलौटी बजार’ बोलको नयाँ गीत भिडियो सहित हालै बजारमा सार्वजनिक भएको छ।

नेपालको पुर्वी धनकुटा जिल्ला, चौबिसे राजारानीमा जन्मीएकी गीतकार इन्दिरा चेम्जोङ्ग नेपाली संगीतिक आकासका गीति लेखनमा एक ससक्त नारी हस्ताक्षर हुन्।

उनले यस अघि पनि ‘अर्को जन्म’  बोलको एल्बम साथै नेपाली तथा लिम्बु भाषी गरि धेरै गीतहरु सांगीतिक बजारमा स्रोता,दर्शक सामु पस्किसकेकी छिन्।

गीतकार चेम्जोङले न्युयोर्क अमेरिकाको प्रवास बसाईमा रहदै बजारमा ल्याएकी उक्त ‘अर्को जन्म’  एल्बमले धेरै स्रोता दर्शकहरुको मन जित्न सफल भएर माया पाएको थियो।

हालै इन्दिरा चेम्जोङ्ग नामक अफिसयल युट्युब च्यानलबाट बजारमा सार्बजनिक भएको ‘एकलौटी बजार’ बोलको भिडियो सहितको प्रेमील बियोगान्त गीतले पनि आम स्रोता,दर्शकको मन जित्न सफल हुनेछ भन्ने कुरामा विस्वास रहेको उनले बताएकी छिन्।

उक्त ‘एकलौटी बजार’ मा उनै गीतकार इन्दिरा चेम्जोङ्गको शब्द, बाबुल गिरीको संगीत तथा एरेन्ज र गायक आभाष क्षेत्रीको सुमधुर आवाज रहेको छ भने सम्पादन विश्व भण्डारीको रहेको छ। गीतको अडियो रेकर्डिङ्ग कार्य म्युजिक नेपाल अनामनगर काठमाण्डौबाट सम्पन्न भएको हो।

भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 562

प्रतिक्रिया (०)

सम्बन्धित खबर