Aamsanchar

ब्राउनसुगर सहित बिर्तामोड र हल्दिबारीका दुई युवा पक्राउ

Author Image
सोमवार, साउन १८, २०७८

झापा । झापाको मेचीनगरबाट प्रतिबन्धित लागु औषध ब्राउनसुगर सहित दुई युवा पक्राउ गरेका छन् ।

पक्राउ पर्ने युवाहरुमा बिर्तामोड–१० इलामेली टोलका बर्ष २४ का समिर राई र हल्दिबारी गाउँपालिका–१ का बर्ष २० का सुवास न्यौपाने रहेका छन् । उनिहरुलाई लागु औषध नियन्त्रण व्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

मे८प ७३९२ नम्बरको मोटरसाईकलमा सवार राई र न्यौपानेलाई शंकाको आदरमा चेकजाच गर्दा १२ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर