Aamsanchar

पूर्वी नाकाबाट एकवर्षमा ९६ लाख भन्दा बढीको गोलभेंडा आयात , दुई करोड रुपैयाँ बढीको बन्दाकोपी निर्यात

Author Image
मङ्गलवार, साउन १९, २०७८

मेचीनगर ।  पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०७७/७८ मा ९६ लाख रुपैयाँको गोलभेंडा (टमाटर) आयात भएको छ । कृषिप्रधान देशमा उपभोक्ताको मागअनुरूप स्वदेशी उत्पादनले नधानेपछि एक वर्षको अवधिमा गोलभेंडा खरिदमा मात्र ९६ लाख १६ हजार रुपैयाँ बाहिरिएको हो ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङक अनुसार आर्थिक बर्ष २०७७/०७८ मा भारतबाट मात्र ६ सय एक मेट्रिक टन गोलभेंडा (टमाटर) मात्र आयात भएको छ । सोहि अवधिमा पूर्वी नाका काँकरभिट्टाबाट ८ मेट्रिक टन अथवा ८० हजार रुपैयाँ मुल्य बराबरको गोलभेंडा (टमाटर) भारततर्फ निर्यात भएको कार्यालयका बरिष्ठ बाली संरक्षण अधिकृत देवेन्द्र साहुको भनाई छ ।

उहाँका अनुसार सोहि अवधिमा नेपालबाट ताजा तरकारीमा सवैभन्दा बढी बन्दा कोपी निर्यात भएको छ । कार्यालयका अनुसार २ करोड ४७ लाख ५२ हजार रुपैयाँ मुल्य बराबरको १ हजार ९ सय ४ मेट्रिक टन बन्दाकोपी भारततर्फ निर्यात भएको छ । निकासी व्यपारमा बन्दाकोपीको निर्यातले महत्वपूर्ण टेवा पुर्याउने गरेको छ । पूर्वी पहाडी जिल्ला संखुवासभा, भोजपुर, तेह्थुम, धनकुटा, इलाम, पाचथर, ताप्लेजुङमा व्यवसायिकरुपमा किसानले उत्पादन गररेकोे बन्दा धेरजसो भारतर्फ निर्यात हुने गरेको कार्यालयले जनाएको छ । भारतमा नेपाली बन्दाकोपीको माग उच्च रहेको छ । कहिले काहि त माग अनुसार पूर्ति गर्न नसकिने अवस्था समेत सिर्जना हुने गरेको बताइन्छ

कार्यालयका अनुसार पूर्वी नाका काँकरभिट्टाबाट हुने कृषिजन्य वस्तुको आयातभन्दा चारगुणा बढी निर्यात बढेको छ । कार्यालयको तथ्याङक अनुसार आर्थिक बर्ष २०७७/०७८ मा चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ । आर्थिक बर्ष २०७६/०७७ मा ५ अर्ब २६ करोड ४ लाख मूल्यको सामाग्री निर्यात भएको थियो भने दुई अर्ब ९९ करोड चार लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

पूर्वी नाका हुँदै भारत, बंगलादेशमा सबैभन्दा बढी अलैंची, अदुवा, अम्लिसो, चिया, चिराइतो, जटामसी, अमला, मजिठो, रिठ्ठा, मुसुरो दाललगायतका कृषिजन्य वस्तुको निर्यात हुने गरेको उहाँले बताउनुभयो । उहाँले अलैंची, चिया, अम्लिसो अन्य कृषिजन्य वस्तुको तुलनामा बढी निर्यात भएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर