Aamsanchar

विकाश लिम्बुको आवाजमा ‘आफ्नो खुशी’ सार्वजनिक

Author Image
शनिवार, साउन २३, २०७८

बिर्तामोड । सांगितिक आकासमा उदायका झापाली युवा गायक विकाश लिम्बुको आवाजमा नयाँ आधुनिक गीती भिडियो सार्वजनिक भएको छ ।

झापाली सर्जक भगवती ढुङगेलले रचना गरेको आधुनिक वियोगान्त ‘आफ्नो खुशी’ नामक गीतको भिडियो दुईदिन अघि म्युजिक नेपाल मार्फत रिलिज भएको हो ।

झापाकै विभिन्न स्थानमा छायाँकन गरिएको उक्त भिडियोमा जनक खड्का, ज्योती बिमलीले अभिनय गरेका छन् ।

युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको भिडियोको छायाँकन सुवास लिम्बुले गरेका छन् । त्यस्तै प्राविधिक पक्षमा निर्देशन दिपक रायमाझी, श्रृगार रोहित लामगादेले गरेका थिए ।

कविता, कृतिका, करुणा पोखरेलको निर्माणमा बनेको भिडियो, रचनाकार ढुंगेलको छैटौं गीती भिडियो हो ।

भिडियो हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 496

प्रतिक्रिया (०)

सम्बन्धित खबर