Aamsanchar

आज हुने काम कुराले भोलि पश्चात्ताप नहोस् : कविता

Author Image
मङ्गलवार, भदौ १, २०७८

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजनविरुद्ध उभिन आह्वान गरेका छन्। उनले कवितामार्फत देशभरका नेता कार्यकर्तालाई ठण्डा दिमागले सोच्न आह्वान गरेका छन्। रावलले लेखेको कवितामा आज हुने काम कुराले भोलि पश्चात्ताप नहोस् भन्दै पार्टी विभाजन आफ्नै लागि गलापासो हुन सक्ने सन्देश दिएका छन्।

यस्तो छ उनको कविता :

पात्र मात्र फेरिँदैमा हुँदै हुन्न‚ प्रवृत्ति फेरिनुपर्छ
मिठा शब्दजालहरूमा होइन‚ व्यवहारमा हेरिनु पर्छ
स्वार्थहरूको परिभाषा राष्ट्रिय हितमा खोजिनु पर्छ
व्यक्ति विशेषको तुष्टि होइन‚ सामूहिक भलाई रोजिनु पर्छ

विभाजति दल, समाज र देश होइन एकता जोगिनु पर्छ
पद,प्रतिष्ठा र अहंकारका पर्खाहरु सर्वत्र तोडिनु पर्छ
विगतमा हिँडेका पाइलाहरुका डोबहरु गम्भीर रुपमा खोजिनु पर्छ
आफ्नै सिर्जना र कोरेको बाटो ठण्डा दिमागले बुझिनु पर्छ

मातृभूमिको चित्कार र पीडितहरुको क्रन्दन राम्ररी सुनिनु पर्छ
गरेका र गरिने कामहरुका परिणाम यथोचित गुनिनु पर्छ
आवेग, इर्ष्या र बदलाको आगो जिम्मेवारीबोधले निभाइनु पर्छ
ध्वंश र विनाशको दिशा होइन, निर्माणको मार्ग समाइनु पर्छ

सर्वदा कोही कोही यहाँ, स्थायी हुन्न जान्ने पर्छ
देश ठूलो, जनता ठूला, यो सत्यलाई मान्नै पर्छ
आज हुने काम कुराले पश्चताप भोलि नहोस्
समाजलाई र आफ्नै लागि गलपासो सावित नहोस्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर