Aamsanchar

पूर्वाञ्चल क्यान्सर अस्पतलामा थपिए विशेषज्ञ डाक्टरहरु

Author Image
शनिवार, भदौ ५, २०७८

बिर्तामोड । नेपालमै सुविधा सम्पन्न अस्पतालको गरिमाले चर्चामा रहेको झापाको बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पतलाको चर्चा अझ चुलिएको छ । स्थापनाकालको छोटो अवधी (२० महिना) मा ४५० वटा क्यान्सरका विभिन्न सल्यक्रिया गर्न सफल भएको र भरतपुर क्यान्सर अस्पताल र विपी कोईराला (घोपा क्याम्प) मा कुशल चिकित्सको नाम कामाउन सफल दुई डाक्टरको सेवा पुर्वाञ्चल अस्पतालमा उपलब्ध हुन थाले पछि विरामीहरुमा उत्साह थपिएको र अस्पतलाको चर्चा अझ बढेको अस्पतालका प्रवक्ता प्रमिश गिरीले बताएका छन् । १ जना विशेषज्ञबाट सुरु भएको क्यान्सर अस्पतालमा हाल ६ जना विषयगत विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रवाह भईरहेको गिरीले बताए ।

शनिबार अस्पतालको सभाकक्षमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भरतपुर क्यान्सर अस्पतालबाट आएका डाक्टर मुक्ति देवकोटा, घोपा बाट आएका डाक्टर बजरंगप्रसाद साहको परिचय गराईएको थियो । डाक्टर देवकोटा सल्यक्रिया विभाग प्रमुख र डाक्टर साह टाउको तथा नाक सल्यक्रिया विभाग प्रमुखका रुपमा नियुक्त गरिएको प्रवक्ता गिरीले जानकारी गराएका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले सबैभन्दा बढी महिलाको स्तन क्यान्सरका रोगीको सल्यक्रिया गरिएको जानकारी दिए । उनका अनुसार स्तन क्यान्सरपछि आन्द्रा, नाक, कान, घाँटी र डिम्बासय क्यान्सरको सल्यक्रिया गरिएको छ । नेपालभर हुने क्यान्सर रोगीसम्बन्धी सल्यक्रियामध्ये २५ प्रतिशत पूर्वाञ्चल क्यान्सर अस्पतालमा हुने गरेको डाक्टर यादवले बताए ।

नेपालमा बर्सेनि ३० देखि ४० हजार क्यान्सर रोगी थपिँदै गएको र २ हजारजना सम्म क्यान्सर रागीकोे मृत्यु हुने गरेको तथ्यांक छ । डाक्टर यादवले क्यान्सर रोगीका लागि आवश्यक सम्पूर्ण उपकरण पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपलब्ध भएको बताए । उनले झापामा प्रत्येक वर्ष २ हजारभन्दा बढी क्यान्सर रोगी थपिँदै गएको जानकारी दिए ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पतालले पूर्वी नेपाल मात्र नभएर मध्य र पश्चिम नेपालका साथै भारतका केही स्थानबाट समेत क्यान्सरका बिरामीको उपभार भइरहेको जानकारी दिए । उनले हालसम्म २८ हजार ५६० जना बिरामीले अस्पताल आएको, ५ हजार ५४३ जनाले ओपिडीमार्फत सेवा लिएको र २ हजार ४७६ जना बिरामीको उपचार भइरहेको बताए । उनले पूर्वाञ्चलमा सबै किसिमका क्यान्सरको सहजै सल्यक्रिया हुने बताए ।

यसैबीच, अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत १० हजार महिलाको पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गरिदिने भएको छ । स्वास्थ्यको पहुँच नपुगेका महिलाको चेतना बढाउन पनि अस्पतालले निःशुल्क परीक्षण गर्न लागेको उनले जानकारी दिए । प्रसाईंले भदौ ६ गतेदेखि निःशुल्क ओपिडी सेवा सञ्चालनसँगै २५ प्रतिशत छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने पनि जानकारी दिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर