Aamsanchar

कोरोना संक्रमण भएको बेला आफ्नो दैनिकीलाई यसरी सामान्य बनाउनुहोस् 

Author Image
बुधवार, भदौ ९, २०७८

सामाजिक सञ्जालको सन्तुलित प्रयोग
‘लकडाउन’को लामो अवधि सामाजिक सञ्जालमा बित्ने गर्छ । एकातर्फ सामाजिक सञ्जालमा छरपस्ट विभिन्न समाचारले त्रासकोे वातावरण सिर्जना गर्ने गर्छ भने अर्कोतिर आफन्त, साथीभाइ तथा टाढाका इष्टमित्रसँग समय बिताउने समय पनि दिन्छ । सामाजिक सञ्जालका राम्रा–नराम्रा दुवै पक्ष रहेकाले यसलाई सन्तुलित प्रयोग गर्नु उपयुक्त हुन्छ ।

सरसफाइमा ध्यान
व्यस्त जीवनशैलीमा बानी परेका हामी ‘सेल्फ क्वारेन्टाइनको’ समयमा सरसफाइमा राम्रो समय व्यतीत गर्न सक्छौँ । भान्सा, बेडरुम तथा घरका कुनाकप्चा सफा रहनु स्वस्थ जीवनशैलीको अर्को बलियो पाटो पनि हो । साथै, घरवरपरको सरसफाइले मानिसक रूपमा पनि ‘फ्रेस’ राख्छ ।

योग गर्ने
प्राचीनकालदेखि नै योग साधना स्वस्थ जीवनशैलीको आधारभूत तत्व रहेको छ । तनावबाट मुक्त हुन पनि सामान्य योग अभ्यास गरिँदै आएको छ । सेल्फ क्वारेन्टाइनको समय योगले मानिसलाई भयरहित रहन मद्दत गर्छ । साथै, मानिसलाई शान्त पनि राख्छ ।

अन्य विषयमा ध्यान दिने
यतिवेला कोरोनाको सन्त्रासलाई बिर्सिएर सिर्जनात्मक अभ्यासमा ध्यान दिनु अझ बढी उपयुक्त हुन्छ । अहिलेको समयलाई अन्य नयाँ कुरा सिक्न उपयोग गर्न सकिन्छ । हाल बलिउड अभिनेता अमिताभ बच्चन कविता लेख्न र सलमान खान चित्र कोर्नमा अभ्यस्त छन् । अन्य सेलेब्रिटी पनि केही न केही गरिरहेका छन् । आफ्नो रुचिमा समयको लगानी गर्ने यो उचित मौका हो ।

सकारात्मक वा खुसी हुनैपर्छ भनेर दबाब नदिने
अहिलेको यो त्रासको वातावरणमा सकारात्मक धारणा राख्न गाह्रै छ । यद्यपि, सबैले सकारात्मक सोच्न भनिरहेका हुन्छन् । हरेक कुरामा सकारात्मक र खुसी हुन जोड दिँदा मानिस अझ संकुचित बन्न सक्छ । तसर्थ, यस्ता कुरामा विचार पुर्‍याउनुपर्छ ।

प्रकोपमा नआत्तिने
संक्रमण महामारीका रूपमा फैलिएमा त्यो नियन्त्रणबाहिर नै जान सक्छ । यस्तोवेला पनि भयभीत हुनुभन्दा संयमता अपनाउन आवश्यक छ । संयमता, आत्मबल र धैर्यता नै अहिलेको अवस्थामा कोरोनासँग लड्ने ठूलो हतियार हो ।श्रोत : नया पत्रिका       #दैनिकी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१