Aamsanchar

वरिष्ठ प्रगतिवादी साहित्यकार भट्टको निधन

Author Image
सोमवार, भदौ १४, २०७८

काठमाडौं – वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज बिहान निधन भएको हो ।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयत विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लगायत कृति लोकप्रिय छन् ।

वि.सं. १९९३ मा जुम्लामा जन्मिएका उनी प्रगतिशील लेखक संघ र प्रगतिशील प्राध्यापक संघका पूर्वअध्यक्षसमेत थिए । उनको शव श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक संघका अध्यक्ष प्रा। डा। जीवेन्द्रदेव गिरीले जानकारी दिए । भट्टका श्रीमती र दुई छोरा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर