Aamsanchar

द्वन्द्वकालमा हत्यामा संलग्न भएको भन्दै सभामुख विरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा

Author Image
बुधवार, भदौ १६, २०७८

काठमाण्डौ – सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा सुनुवाइको पेसी तोकिएको हो ।

इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । यसअघि पटक पटक सुनुवाइको पेसी तोकिएको यो मुद्दाको सुनुवाइ भने हुन सकेको छैन । २०७६ फागुन ३० गते यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सभामुख सापकोटामाथि सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको छ । २०६२ वैशाखमा अपहरणमा परेका लामालाई जिउँदै पुरेको भन्दै उहाँकी श्रीमती पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो । प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गर्नुभयो । २०६४ मा जाहेरी दर्ता भए पनि बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गएपछि सर्वोच्चले त्यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर