Aamsanchar

क्रिस्टियानो रोनाल्डो बने सर्वाधिक गोल गर्ने खेलाडी

Author Image
बिहिवार, भदौ १७, २०७८

काठमाण्डौ-क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । विश्वकप छनोटअन्तर्गत गएराति रिपब्लिक अफ आयरल्यान्डसँगको खेलमा २ गोल गर्दै रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले आफ्नो गोल सङ्ख्या १ सय ११ पुर्याएका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय ८० औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन् । यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए ।

रोनाल्डोको २ गोलसँगै पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर