Aamsanchar

नेपाललाई बक्सिङमा कांस्य पदक दिलाएकी झापाकी नारिकालाई विमानस्थलमा भव्य स्वागत 

Author Image
बिहिवार, भदौ १७, २०७८
झापा – युनाइटेड अरब इमिरेट्स (युएई) भएको एएसबिसी एसियन यूथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट कांस्य पदक जितेकी नारिका राईलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरेका छन् । झापा बक्सिङ सङ्घले खेलाडी नारिका, टिम मेनेजर तथा नेशनल रेफ्री तर्कराज राई, थ्री स्टारका कोच दीपक महर्जनलाई विमानस्थल पुगेर स्वागत तथा सम्मान गरेका थिए । एसियन यूथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिप भद्रपुर नगरपालिका ९ निवासी नारिकाले जुनियर महिलातर्फ ५७ किलोमा कांस्य पदक जितेकी थिइन् ।
उनीहरूलाई भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, बक्सिङ सङ्घ केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, झापा बक्सिङ सङ्घ अध्यक्ष सञ्जीव घोष, सङ्घका सदस्य दिनेशकुमार राय, बक्सिङ गुरु डम्बर लिम्बू लगायतले स्वागत गरेका थिए । विमानस्थलमा स्वागत पश्चात् झापा जिल्ला खेलकुद विकास समितिको कार्यालयमा संक्षिप्त कार्यक्रमको पनि आयोजना गरिएको थियो । सो कार्यक्रमको सञ्चालन कृति राईले गरेका थिइन् । 
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर