Aamsanchar

श्रीलंकन कृकेटर उपुल थारङ्गाले भैरहवा ग्लाडिएटर्सबाट इपिएल खेल्ने

Author Image
शुक्रवार, भदौ १८, २०७८

काठमाडौं – भैरहवा ग्लाडिएटर्सले श्रीलंकन भेट्रान विकेट किपर ब्याट्सम्यान उपुल थारङ्गालाई टिममा अनुबन्धन गरेको छ। भैरहवाले यसअघि श्रीलंकाका स्टार दिनेश चण्डीमाललाई टिममा अनुबन्धन गरेको थियो। तर‚ श्रीलंकाको टिममा सामेल हुँदै प्रतियोगिता नखेल्ने भएपछि दिनेशको स्थानमा उपुललाई अनुबन्धन गरिएको हो।

देब्रे हाते विकेटकिपर ब्याट्सम्यान थारङ्गाले ३१ टेस्ट तथा २३५ एकदिवसिय र २६ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनीसँग १२५ टी-२० खेलको अनुभव रहेको छ। उनले एक दिवसीयमा भने १५ शतकसहित ३५ अर्धशतकको मद्दतमा ६ हजार ९५१ रन बनाएका छन्। उनले टी-२० मा २ शतक र १९ अर्धशतकसहित कुल ३३८४ रन बनाएका छन्।

भैरहवाको प्रशिक्षक पूर्वराष्ट्रिय टिमका कोच पुवुदु दशानायकी रहेका छन्। शरद भेषवाकर कप्तानका रुपमा रहेका छन्। जहाँ आरिफ शेख, रोहित कुमार पौडेल, अभिनाष बोहोरा, कुशल मल्ल लगायत स्टार खेलाडीहरु रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 672

प्रतिक्रिया (०)

सम्बन्धित खबर