Aamsanchar

ज्योतिषशास्त्र अनुसार शनिबार जन्मिएका व्यक्तिको स्वभाव बारे जान्नुहोस्

Author Image
शनिवार, भदौ १९, २०७८

ज्योतिषशास्त्र महत्वपूर्ण विज्ञान हो । यसले भूत, वर्तमान र भविष्य मात्र बताउँदैन, मानिसको सबै विषयको अध्ययन पनि गर्छ । यही विज्ञानले मानिसको जन्म बारका आधारमा उसको गुण र स्वभावको किटान गरिदिएको छ । ज्योतिष विज्ञानका अनुसार मानिस जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा अत्यन्तै प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ ।

भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले शनिबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छन् ।

  • शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
  • शनिबार जन्मिने मानिस निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन् । अर्थात् यस दिन जन्मिने मानिस हरेक कुरामा पर्फेक्ट हुनुहुन्छ । शनिबार जन्म्एिका मानिसलाई उच्च स्तरका बस्तुहरु मन पर्छ । लगाउने लुगादेखि जुत्तासम्मले हाइ क्लासकै हुनु पर्छ शनिबार जन्मिएका मानिसहरुलाई ।
  • शनिबार जन्मिने मानिस मनको सफा हुने गर्छन् । मनको यही सफापनका कारण स्पष्टवक्ता हुने गुण हुन्छ यस दिन जन्मिएका मानिसहरुमा । तर कहिलेकाँही स्पष्टवक्ता भएका कारण शनिबार जन्मिनेहरुले आलोचना पनि भोग्नु पर्छ ।
  • शनिबार जन्मिने मानिस सम्पन्न त हुन्छन् तर छिट्टै पैसा खर्च भने गर्दैनन् । अनावश्यकरुपमा खर्च गर्न शनिबार जन्मिएकाहरु निकै हिच्किचाउने गर्छन् । यद्यपी आवश्यकतामा भने धित खोलेरै खर्च गर्ने स्वभाव हुन्छ ।
  • शनिबार जन्मिएका मानिसहरुको झुकाव कला, साहित्य, संगीत र खेलमा हुन्छ । यही रुचीका कारण शनिबार जन्मिएका धेरै मानिस कला, साहित्य, संगीत र खेलकुदको पारखी मात्रै हुँदैनन्, कला साधक वा खेलाडीको रुपमा सफलता पाउनेमध्येमा पनि पर्छन् ।
  • रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्दैनन् । जिद्दि पनि हुन्छन् । आफुले भनेको जस्तै हुनुपर्छ भन्ने विचार र धारण हुन्छ शनिबार जन्मिएका मानिसहरुमा । अरुलाई ठेस पुर्याउने चाहना हुँदैन शनिबार जन्मिएका मानिसहरुमा ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर