Aamsanchar

क्रिकेट मैदानमा प्रबेश गर्ने एक जना पक्राउ

Author Image
शनिवार, भदौ १९, २०७८

भारत र इंग्ल्याण्डबीच ओभल मैदानमा चलिरहेको चौथो टेस्टको दोस्रो दिन एक व्यक्ति मैदानमा प्रवेश गरेर खेलाडीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् । ती व्यक्ति मैदानमा प्रवेश गरेर जोनी बेयर्सटोलाई धक्का दिएका थिए । जार्वो नाम गरेका तीन व्यक्ति बिहानको सत्रमा मैदानमा प्रवेश गरेका थिए । भारतीय बलर उमेश यादवको नक्कल गर्दै उनले बेयर्सटोलाई धक्का दिएका थिए ।

यसअघि पहिलो दुई टेस्ट खेलमा पनि उनले यस्तै हरकत गरेका थिए । अहिले भने उनलाई पक्राउ गरिएको छ । इंग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्डले भनेको छ, ‘पिचमा कुनै प्रकारको अतिक्रमण अस्वीकार्य छ । जहाँ खेलाडीको सुरक्षाको कुरा आउँछ हामी त्यसलाई स्वीकार गर्दैनौँ ।’ जार्वोलाई दक्षिणी लण्डनस्थित एक प्रहरी स्टेसनमा हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

इंग्ल्याण्डले ब्याटिङ गरिरहँदा ३४ औँ ओभर यो घटना भएको थियो । भारतका उमेश यादव बलिङ गरिरहेका बेला जार्भो दौडिँदै मैदानमा प्रवेश गरेका थिए । यादवको नजिकबाट कुद्दै उनले यादवको नक्कल गर्दै बलिङ गरेका थिए । त्यसपछि ननस्ट्राइकरमा खडा भएका बेयर्सटोलाई धक्का दिएका थिए । उनका कारण खेल पाँच मिनेट रोकिएको थियो । उनी मैदान प्रवेश गरेको यो तेस्रो अवसर थियो । यसअघि लर्ड्स टेस्टको तेस्रो दिन जार्वो भारतीय टोलीसँगै मैदानमा प्रवेश गरेर कप्तानले जस्तै फिल्डिङ सेट गर्न थालेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर