Aamsanchar

नेपालले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

Author Image
आइतवार, भदौ २०, २०७८

काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका साढे ५ बजे हुनेछ । नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर