Aamsanchar

झापामा निषेधाज्ञा झन् खुकुलो

Author Image
आइतवार, भदौ २०, २०७८

झापा-कोरोना संक्रमणदरमा कमी आएसँगै झापामा जिल्ला निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आइतबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) ले बैठकले निषेधाज्ञा पूर्ण रुपमा नहटाउने, तर खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । जिल्लामा भदौ मसान्तसम्म निषेधाज्ञा लम्बाइएको छ । बैठकले सोमबारदेखि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ, कपडा, हार्डवेयर लगायतका अन्य सबै प्रकारका पसलहरू खुला गर्ने निर्णय गरेको छ । होटेल, रेस्टुरेन्ट, खाजाघरहरु बेलुका ६ देखि साँझ ८ बजेसम्म खुला गर्ने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । पार्टी प्यालेसहरूले तोकिएको क्षमता भन्दा ५० प्रतिशतसम्म मान्छे भेला गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने निर्णय समेत गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 406

प्रतिक्रिया (०)