Aamsanchar

ताप्लेजुङको दोखुका भरतमणी, हास्दै हसाउदै विर्तामोड देखि लागे उकालो

Author Image
सोमवार, भदौ २१, २०७८

बिर्तामोड । । देशमै चर्चाको रुपमा रहेको रियालिटी सो कमेडी च्याम्पियन सिजन २ को फाईनलमा पुगेका पूर्वेली ठिटो भरतमणी पौडेल भोट माग्ने क्रममा देशका विभिन्न स्थान हुदै आज झापाबाट आफ्नो गृह जिल्लातर्फ उकालो लागेका छन् ।

आज विहान ९ बजे भद्रपुर विमान स्थल हुदै गृह जिल्ला ताप्लेजुङ जानेक्रममा झापाली समर्थकहरुले स्कटिङ गरेर विर्तामोड सम्म ल्याएका थिए । भरतमणीलाई जिताउनको लागि झापाली युवाहरुले बिर्तामोडमा एक औपचारिक कार्यक्रम गरेर भोट मागेका थिए ।

कार्यक्रममा कमेडी च्याम्पियन प्रतियोगी पौडेलले आज सम्म नेपाली दर्शकहरुको हौसला र समर्थनका कारण आफू कमेडी च्याम्पियको फाईनल सम्म आई पुगेको र अब निर्णायको घडी आएकोले सबैले भोट गरेर जिताई दिन अपील गरेका छन् ।

कार्यक्रमकै समयमा पत्ररकारहरु संग भएको छोटो कुराकानीमा पौडेलले भने ‘मेरो सपना भनेको कमेडीको माध्यमबाट देशको पर्यटन क्षेत्रको प्रचार र प्रवर्धनमा योगदान दिने छ, मैदे देखेको सपना पुरा गरिदिन दर्शक शुभचिन्तकहरुमा अनुरोध गर्दछु ।’

‘हेप्नी ? मान्छेलाई डिस हान्नी ? औडा गर्र्ने ? यस्तै–यस्तै कुरा गर्यौ भने भाइ, हामी मान्छेहरु नि कोल्याप्स गरिदिन्छौं ? यो शब्द अहिले सामाजिक सञ्जाल टिकटकमा निकै चर्चित छ । पूर्वमन्त्री गोकुल बाँस्कोटाको भनाईलाई दुरुस्तै निकाल्दै कमेडी च्याम्पियनमा कलाकार भरतमणी पौडेलले प्रस्तुती दिएपछि उनको चर्चा चुलिएको छ । पूर्वमन्त्रीदेखि पूर्व युवराज पारस  शाहसम्मको क्यारिकेचर गर्दै दर्शक हसाँउने माहिर कलाकार उनै भरतमणी हुँन् ।

ताप्लेजुङको दोखु भन्ने ठाउँमा सामान्य परिवारमा जन्मेका पौडेल सानै उमेरदेखि हसाउने काममा सक्रिय बन्दै आएका थिए । रेडियो, सडक, विद्यालय र महोत्सव अनि समारोहको मञ्चमा हास्यव्यङ गर्दै आएका भरतमणीलाई निर्णाक र दर्शकले हास्य व्यंग्यको मणीको उपाधी दिई सकेका छन् ।

भरतमणीका आमा–बुवा ताप्लेजुङको फुङलिङ बजारमा सानो चिया पसल गर्दै आएका छन् । पहाडको ठाउँ त्यसैपनि दुःख र अभाव झेल्नु पर्ने धेरैैको बाध्यता संगै उनिहरुको परिवार पनि सामान्य अवस्थामा रहेर भए पनि खुशी र आनन्दमा रमाई रहेको छ ।

अघिल्लो पुष्ता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्त, मनोज गजुरेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, जितु नेपाल, सिताराम कट्टेल लगायतका हास्य कलालकारहरुले बनाई दिएको नेपाली हास्य क्षेत्रको विरासत सम्हाल्न यतीवेला पछिल्लो पुष्ताका भरतमणी पौडेल, विक्की अग्रवाल, सन्तोष थापा इतिहासमा नाम राख्न, च्याम्पियनको उपाधी चुम्न नेपालको पहिलो हास्य व्यंग्य रियालिटी सो को प्रतिष्पर्दी थलोमा खडा भएका छन् ।

फाईनलमा पुग्न सफल भरतमणी पौडेल सुदुर पूर्व, विक्की अग्रवाल भातको सिक्किम र सन्तोष थापा सुदुर पस्चिमबाट प्रतिनिधित्व गरिरहेका छन् ।

पूर्व युवराज पारस शाहको नक्कल यसरी गरेका थिए भरतमणीले ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 544

प्रतिक्रिया (०)

सम्बन्धित खबर