Aamsanchar

विक्रम सोबको ओडिआई क्रिकेटमा शानदार डेब्यू, पहिलाे बलमै विकेट

Author Image
मङ्गलवार, भदौ २२, २०७८

काठमाडौं –नेपाली क्रिकेटर विक्रम सोबले ओडिआई क्रिकेटमा शानदार डेब्यू गरेका छन् । उनले मंगलबार पपुवा न्युगिनीविरुद्धको पहिलो ओडिआईमार्फत डेब्यू गरे । साथै उनले डेब्यू खेलको पहिलो बलमै विकेट लिँदै गज्जब सुरुवात गरेका छन् ।

नेपालको लागि सोमपाल कामीले पहिलो ओभर बलिङ गरेका थिए । त्यसपछि विक्रमले दोस्रो ओभर बलिङ गरे । जहाँ उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै पपुवा न्युगिनीका ओपनर टोनी उरालाई बोल्ड गरे । उनी १ रन बनाएर आउट भए । विक्रम ओडिआई डेब्यूको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी छन् विश्व क्रिकेटमा २८औ खेलाडी बने ।विक्रम पहिलो ओभर विकेट लिँदै मेडन राखे । त्यसपछि उनले आफ्नो दोसो ओभरमा असद भालालाई आरिफ शेखबाट क्याचआउट गराए । ओमानको अल अमरेत क्रिकेट मैदानमा भइरहेको खेलमा विक्रमसंगै कुशल भुर्तेल र आसिफ शेखले पनि ओडिआईमा डेब्यू गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर