Aamsanchar

हरिवंशको नयाँ गीत ‘कोदोको रोटीले’ दिएको सन्देश ‘नेपालीलाई काम खोज्न उड्न नपरोस्’

Author Image
मङ्गलवार, भदौ २२, २०७८

हरिवंश आचार्यको नयाँ गीत ‘ए कालु भेना’ले कोदोको रोटी खानु परे पनि आफ्नै देश ठीक भन्ने सन्देश दिन खोजेको छ ।

‘कोदोको रोटीसँग एक चम्चा घ्यू अनुहार डढे पनि बलियो छ ज्यु ’ जस्ता मौलिक शब्दहरुले भरिएको  गीतको अन्त्यमा नेपालीलाई काम खोज्न उड्न नपरोस् , देश सम्झी कसैलाईनी रुन नपरोस् भन्ने सब्द निकै नै मार्मिक भएको भिडियोले सावित गरेको छ । गीत रिलिज भएको १२ दिनमै ९ लाख पटक भन्दा धेरै हेरिएको छ ।

गाउँले परिवेशमा रचिएको गीतले वैदेशिक रोजगारीको तृष्णा पालेका र आफ्नै गाउँघरका स्रोतसाधन बिर्सेर पराइभूमिमा पसिना बगाउन जानेहरुलाई सचेत गराउन खोजेको छ । गीतमा हरिवंश आचार्यको शब्द र मिलन नेवार र हरिवंश आचार्यकै स्वर रहेको छ । हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेलले अभिनय गरेको यो गीतको भिडिओ गम्भीर बिष्टले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर