Aamsanchar

नेपालद्वारा पपुवा न्यूगिनी २ विकेटले पराजित

Author Image
मङ्गलवार, भदौ २२, २०७८

काठमाडौं – नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित हात पारेको छ। मंगलबार ओमानमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने रोमपाल २२ रनमा अविजित रहे। रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीले नेपाललाई खेल जित्न निकै मद्दत पुगेको थियो।

यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो। नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमायो। २८ बलमा २ चौका प्रहार गरेका कुशललाइ चाद सुपरले एलबिडब्लु आउट गरे। यस्तै दोस्रो विकेटको रुपमा आसिफ शेख ३० रनमा आउट भए। यस्तै २० बलको सामना गरेका कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा पेभेलिएन फर्किए।

२८ ओभरमा सात खेलाडी गुमाउँदै ८२ रन बनाएर धर्मराएको नेपाली क्रिजलाई सोमपाल कामी र रोहित पौडेलले सम्हालिएको प्रर्दशनतर्फ लम्काएका थिए। जितका लागि मात्र १ रन आवश्यक रहँदा पौडेल आउट भएका थिए।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले मात्र ३९ दशमलब ३ ओभरमा ८ विकेट गुमाएर निर्धारित लक्ष्य भेट्टाएको हो। कामीले २२ तथा रोहितले ४१ रन बनाए।

आशिफ शेखले ३० रन बनाउँदा कुशल भुर्तेलले १५ रन बनाउनु बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। कप्तान ज्ञानेन्द्र मल्ल राभुको बलमा आउट भए। यसअघि नेपाली बलर चम्किएको खेलमा पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो। पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए।

डेब्यु खेलाडी विक्रम सोब र कुशल मल्लले २/२ विकेट लिए। सोमपाल कामीले एक विकेट लिए। दुई खेलको सिरिजअन्तर्गत नेपालले पीएनजीसँग दोस्रो खेल शुक्रबार खेल्नेछ। आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर