Aamsanchar

पठानले विराटनगरबाट ईपीएल खेल्ने

Author Image
बुधवार, भदौ २३, २०७८

काठमाडौं-विराटनगर वारियर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटका लागि क्यानडाका खेलाडी रियानखान पठानलाई अनुबन्ध गरेको छ । विराटनगरेको आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा पठानलाई अनुबन्ध गरेको हो । विराटनगरले मनोज कटुवाललाई टिमको मुख्य प्रशिक्षमा नियुक्त गरेको छ ।

पठानले क्यानडाका लागि सन् २०१३ मा एकदिवसीय क्रिकेट खेलेका थिए । त्यसअघि उनले उमेर समूहका खेलहरुमा प्रतिस्पर्धा गरेका छन् । विराटनगर सन् २०१७ सिजनको उपाधि विजेता पनि हो । पठान दायाँ हाते तिब्र गतिका बलर हुन् । विराटनगरले अन्य दुई खेलाडी अनुबन्ध गर्न बाँकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 350

प्रतिक्रिया (०)

सम्बन्धित खबर