Aamsanchar

मिर्गौला पीडित भद्रपुरका दुई शिक्षकलाई सहयोग रकम हस्तान्तरण

Author Image
शुक्रवार, भदौ २५, २०७८

झापा – मिर्गौला पीडित भद्रपुरका दुई शिक्षकलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिको अगुवाइमा सङ्कलन गरिएको ३ लाख ६६ हजार रुपैयाँ मिर्गौला पीडित शिक्षकद्धय ‘मोहम्मद बदरूद्दिन र गीता भण्डारीलाई हस्तान्तरण गरिएको महासङ्घका नगर अध्यक्ष गणेश गिरीले जानकारी दिए । महासंघ नगर समितिले ‘मो। बदरूद्दिन–गीता भण्डारी बचाउ अभियान’ थालेको छ । मिर्गौला प्रत्यारोपणका लागि भारतको दिल्ली उपचारका लागि पुगेका गीतालाई एक लाख ७० हजार बैङ्क खातामा जम्मा गरिदिएको र प्रत्यारोपणका लागि भारत जाने तयारीमा रहेका बदरूद्दिनलाई उनकै घरमा पुगेर एक लाख ९६ हजार हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताए । शिक्षक बदरूद्दिनका लागि मात्रै २६ हजार रकम सङ्कलन भएकोले उनलाई थपेर दिएको उनको भनाई छ । विभिन्न विद्यालयका शिक्षक, पूर्व शिक्षक, विद्यार्थी र शुभेच्छुक दाताले महासङ्घको आह्वान अनुसार सो रकम सहयोग गरेको र शिक्षक संघसंगठनलाई समेत आभार प्रकट गर्दै इच्छुक दाताहरूलाई सहयोगको ढोका अझै खुला रहेको उनले जानकारी दिएका छन् ।

वीरेन्द्र माविकी शिक्षक गीताको प्रत्यारोपण भारत दिल्लीको नोयडास्थित फोर्टिज हस्पिटलमा हुन लागेको छ । उनीहरू परिवारसहित दिल्ली पुगिसकेका छन् । त्यस्तै भद्रपुर माविका शिक्षक बदरूद्दिनलाई मिर्गौला दान दिने व्यक्तिको तीव्र खोजी भइरहेको पारिवारिक स्रोतले जनाएको छ। उनलाई पनि भारत लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । यसअघि भद्रपुरका शिक्षकद्धय अनिता रिजाल र जयिता रायको अगुवाइमा शिक्षकद्धयको उपचारका लागि ६० हजार ५०२ रुपैयाँ रकम सङ्कलन गरी उनीहरूलाई हस्तान्तरण गरिसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर