Aamsanchar

अर्जुनधारामा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको अबस्था गम्भीर, दुईजना सक्त घाईते

Author Image
शनिवार, भदौ २६, २०७८

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ पुष्पलाल मार्गमा एक घरमा ग्यास लिक भई आगलागी हुँदा तीनजना गंभीर घाइते भएका छन् ।

आज साँझ ५ः३० बजे स्थानिय रोमनाथ खनालको जस्ताको छाना भएको घरमा नयाँ ग्यास सिलिन्डर फेर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।

आगलागीबाट घरधनी ४२ वर्षिय रोमनाथ खनालको शरीर आगोले जलेको छ । खनालको अवस्था गम्भीर रहेको छ । त्यस्तै आगलागीमा परेका उनकी श्रीमती ३८ वर्षिया दुर्गा खनाल, १८ वर्षिय छोरा पंकज खनाल घाईते बनेका छन् उनिहरको स्वास्थ्य अवस्था स्थिर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि बिराटनगर पठाइएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जनाको टोली, प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको थियो ।घटनापछि प्रहरी र स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा बेलुका ७ः२५ बजे आगलागी पूर्णरूपमा नियन्त्रणमा आएको स्थानियले बताएका छन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर