Aamsanchar

बेलायतकी १८ वर्षीया एम्मालाई यूएस ओपन टेनिसको उपाधि

Author Image
आइतवार, भदौ २७, २०७८

काठमाण्डौ- बेलायतकी १८ वर्षीया एम्मा राडुकानुले महिला एकलतर्फको यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । फाइनलमा १९ वर्षीया क्यानेडियन खेलाडी लेला फर्नान्डेजलाई ६–४ र ६–३ को सेटमा पराजित भइन्। कुनै पनि ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी राडुकानुले पहिलो ग्रान्डस्लामको उपाधि जितेकी हुन् ।

बेलायतले पछिल्लो ४४ वर्षमा महिला ग्रान्डस्लाम जितेको हो । यसअघि सन् १९७७ मा बेलायतकी खेलाडी भर्जिनिया बेडले यूएस ओपनको महिला एकल तर्फको ग्रान्डस्लाम जितेकी थिइन् । राडुकानुले उपाधिसँगै हरेक खेलमा जित निकालेका कारण खेलको बोनस पनि १८ लाख पाउण्ड पुरस्कार प्राप्त गर्ने छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर