Aamsanchar

नेपाल–बंगलादेश फुटवल बराबरीमा

Author Image
आइतवार, भदौ २७, २०७८

नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीचको दोस्रो मैत्रिपूर्ण खेल बराबरीमा टुंगिएको छ ।  काठमाडौँस्थित दशरथ रंगशाला खेलिएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

दुवै टोलीले गोलका थुप्रै अवसरहरु गुमाएका थिए । नेपालले विपक्षी टोलीको पोष्टमा चारवटा प्रहार गरे पनि गोल गर्नबाट चुक्यो । बंगलादेशविरुद्धको पहिलो खेलमा भने नेपाल २–१ गोलले विजयी बनेको थियो ।

नेपालले एएफसी महिला एशियन कप–२०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । नेपाल भोलि नै प्रतियोगितामा भाग लिन उज्बेकिस्तान प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 652

प्रतिक्रिया (०)

सम्बन्धित खबर