Aamsanchar

कोलेस्ट्रोल कम गर्ने सरल तरिका

Author Image
सोमवार, भदौ २८, २०७८

मासु कम खानुहोस्
रातो मासुले कोलेस्ट्रोलको मात्रा बढाउने भएकोले तपाईको भोजनमा मासुको प्रयोग कम गर्नुहोस । यदि मासु खानै पर्नेभए सेतो मासु खानुहोस । विफ, पोर्क र भेडाको मासु खान छोड्नुहोस । बरु माछा खानुहोस् ।

फाइबरयुक्त खानेकुरा
तपाईको दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुहोस् । यसले तपाईको कोलेस्ट्रोलको मात्रालाई पाँच प्रतिशतले मात्र बढाउने सम्भावना हुन्छ । भोजनमा पर्याप्त फाइबर पाउनका लागि ब्रेकफास्टमा जौको रोटी खानुहोस । खानसँगै पर्याप्त मात्रामा सब्जी पनि खानुहोस् ।

नियमित कोलेस्ट्रोल परीक्षण गर्नुहोस्
कोलेस्ट्रोलको खतराबाट बच्नका लागि नियमित रुपमा परीक्षण गर्नुहोस । परीक्षणले खराब कोलेस्ट्रोको खतराबारे तपाईलाई थाहा हुनुका साथै सुरक्षित र स्वस्थ रहन मद्दत मिल्छ । राम्रो र नियमित परीक्षणले कोलेस्ट्रोलको अणुको पहिचान गर्न सहयोग मिल्छ ।

चिल्लो कम खानुहोस्
न्युन चिल्लोयुक्त भोजनले तपाईको शरिरमा कोलेस्ट्रोल विकसित हुने खतरालाई न्यून पार्न सक्नुहुन्छ । भोजनमा पर्याप्त फलफुल र सागसब्जी समावेश गर्नुहोस । त्यस्तै बदाम र वियाँहरु पनि पर्याप्त खानुहोस । भोजनमा हुने तेलीय पर्दाथबाट सदा बच्नुहोस । नियमित भोजनमा प्रयोग हुने तेलको मात्रा घटाउनुहोस । सोयबिन, ल्वाङ लगायत सब्जीको तेल प्रयोग गर्नुहोस् ।

व्यायाम गर्नुहोस्
दैनिक तीस मिनेट व्यायाम गर्नुहोस । कोलेस्ट्रोलबाट बच्ने एउटा प्रमुख उपाय व्यायाम पनि हो । किनकी यसले तपाईलाई स्वस्थ तौल राख्न पनि सहयोग गर्छ । मुटु रोगको खतराबाट बच्न दैनिक तालिकामा व्यायमलाई थप्नुहोस् ।

माछा खानुहोस्
माछामा कोलेस्ट्रोल घटाउने प्रभावकारी तत्व हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसराइडलाई सन्तुलन राख्नको लागि सातामा दुई देखि तीन पटक आफ्नो भोजनमा माछाको तेल वा माछाको परिकार खानुहोस ।

बदाम खानुहोस्
साँझ निकै भोकाउनु भएको छ भने अन्य अस्वस्थ खाना खानुभन्दा बदाम खानुहोस । बदामको नियमित सेबनले तल्लो मुटुको रोगलाई निको पार्छ । वदाम स्वस्थवर्दक मात्र होइन भोजनमा पूरकको रुपमा पनि काम गरेको हुन्छ ।

तौल कम गर्नुहोस्
कोलेस्ट्रोलबाट बच्न तौल कम राख्नु पनि उत्तिकै महत्व हुन्छ । तपाईको स्वस्थ तौल छ वा छैन बारम्बार परीक्षण गर्नुहोस । बढी मोटोपनले कोलेस्ट्राल निम्त्याउछ ।

हिड्ने बानी बसाल्नुहोस्
खुडकिलाहरु चढ्नुहोस् । जति तपाई हिड्नुहुन्छ त्यति बढी कोलेस्ट्रोल हुने खतराबाट मुक्ति हुनुहुन्छ । शारिरिक गतिबिधिका लागि हिडडुल सबैभन्दा प्रभावकारी माध्यम हो । यो आफैमा सरल र सस्तो उपाय पनि हो । तसर्थ हिडेर नै छोटो दूरीमा कार्यलय वा अन्य गन्तव्यमा पुग्नुहोस् ।

कोलस्ट्रोलको शत्रु अन्डा
अन्डा कम खानुहोस । अन्डलाई मुटु र कोलेस्ट्रोल रोगको मुख्य शत्रु मानिन्छ । तर, तपाईले आफ्नो भोजनमा अन्डाको परिकार समावेश गर्न सक्नुहुन्छ । तर, धेरै नमिसाउनुहोस । थोरै तेल प्रयोग गरेर मात्र अन्डा खानुहोस् ।

हरियो चिया खानुहोस्
यदि तपाई चियाको पारखी हो भने आजै देखि हरियो चिया खान सुरु गर्नुहोस । ग्रीन टिमा क्याटेचिनस नाम गरेको पर्दाथ हुनाले यसले कोलस्ट्रोललाई घटाउन सहयोग गर्छ । दीर्धकालिन स्वस्थ रहनका लागि पनि ग्रीन टी अचूक औषधी हो ।

साकाहारी भोजन
सकभर शाकाहारी खाना खानुहोस । कोलस्ट्रोलको खतरालाई न्यून गर्न पनि यो निकै प्रभाककारी उपाय हो । विभिन्न प्रकारका शागसब्जीले तपाईको स्वास्थ्लाई शसक्त पार्नुको साथै तपाईको शरिरमा भिटामिन, खनिज र अक्सिकरणबिरोधी तत्व प्रदान गर्छ ।

प्रर्याप्त सुत्नुहोस्
तपाई दैनिक रुपमा नियमित सुतेको सुनिश्चिता गर्नुहोस । पर्याप्त निद्राले शरिरको रोग निको पार्न सहयोग पु¥याउछ । यसले उच्च रक्तचापलाई सन्तुलन गर्नुका साथै तपाईको समग्र शारिरिक र मानसिक स्वास्थ्यमा सुधार आउछ । यसको अतिरिक्त पर्याप्त निन्द्राले कोलस्ट्रोलको खतरा घटाउछ ।

धुमपान त्याग्नुहोस्
कोलस्ट्रोल लगायत विभिन्न घातक रोगको प्रमुख कारण धुमपान हो । अत्यधिक पिउनाले एचडीएल कोलस्ट्रोलको मात्रा घटाउछ , यो मुटुको रोगका लागि एउटा प्रमुख खतरनाक तत्व पनि हो । तसर्थ यदि तपाई लामो समयसम्म स्वस्थ रुपमा बाँच्न चाहनुहुन्छ भने धुमपान त्याग्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर