Aamsanchar

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले अमेरिकासँग खेल्दै

Author Image
सोमवार, भदौ २८, २०७८

काठमाडौं : भारतमा २०२३ मा हुने एकदिवसीय विश्वकपको ढोकाका रुपमा रहेको आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दोस्रो पटक त्रिकोणात्मक सिरिजमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। एकदिवसीय क्रिकेटको यो लामो फर्म्याटमा नेपालसहित सात देशले एक अर्काविरुद्ध होम एन्ड अवे आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। अमेरिका र नेपाल दुबैले पपुवा न्युगिनिसँग प्रतियोगिता अघि दुई मैत्रिपुर्ण खेल खेल्दा दुबैले दुबै खेलमा जित निकालेका थिए।

सात राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले कम खेल खेलेको छ। त्यसैले नेपाललाई अहिले यो प्रतियोगितामा अंक तालिका सुधारको राम्रो अवसर समेत रहेको छ। होम एण्ड अवे आधारमा हुने त्रिकोणात्मक सिरिजमा एक टोलीले कुल ३६ एकदिवसीय खेल खेल्ने छन्।

अमेरिकाविरुद्ध  हेड टु हेड

श्रृंखलाको सुरुवात नेपालले अमेरिकाविरुद्ध आज ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा साँझ ४:१५ बाट सुरू हुने खेलमा पहिलो खेल खेल्दै छ।

गतवर्षको त्रिकोणात्मक सिरिजपछि अमेरिकाले ६ खेलाडी परिवर्तन गरेको छ। मुख्य रुपमा विकेटकिपर जसकरण मल्होत्राले अभ्यासमा गरेको प्रदर्शन उत्कृष्ट रहेको थियो। उनले  पिएनजीविरुद्ध दोस्रो खेलमा ६ बलमा ६ छक्का प्रहार गर्दै १७३ रनको अविजित इनिङ खेलेका थिए। सँधै नेपालसँग प्रतिस्पर्धात्मक रहने अमेरिका गत वर्ष नेपालमा नै भएको यहि श्रृंखलाको पहिलो खेलमा भने पराजित भएको थियो।

पछिल्लो पाँच वर्षमा भने सिमित मात्रै प्रतियोगिता खेलेका छन्। २०१३ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ मा  नेपाल ९४ रनले पराजित हुँदा २०१४ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ मा १० रनले नेपाल विजयी भयो। यो प्रतियोगिता अघि पछिल्लो पटक २०१७ मा युएईमा भएको मैत्रीपूर्ण अभ्यास मा भने कम स्कोरिङ खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो।​

यस्तो छ अंक तालिका

टिम खेल जित हार  नाे रिजल्ट अंक
ओमान १० १६
अमेरिका १२ १२
स्कटल्याण्ड
नामिविया
युएई
नेपाल
पिएनजी

नेपालले खेल्ने विश्वकप क्रिकेट लिग २ को सम्पूर्ण खेल प्रत्यक्ष प्रसारण हुने भएको छ। विश्वकप क्रिकेट लिग २ को सबै ६ वटा खेलको डिश मिडिया नेटवर्कले प्रत्यक्ष प्रसारण गर्ने भएको हो।​

डिश मिडिया नेटवर्कले आफ्नै प्रसारण संस्था एक्सन स्पोर्टस् र ओटिटिमा डिश होम गो मार्फत प्रत्यक्ष प्रसारण गर्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 446

प्रतिक्रिया (०)

सम्बन्धित खबर