Aamsanchar

बिर्तामोडको मुख्य सडकमा ज्यान मार्ने खाल्डै-खाल्डा

Author Image
सोमवार, भदौ २८, २०७८

बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा पर्ने पूर्व–पस्चिम मुख्य राजमार्ग (महेन्द्र राजमार्गमा) ठाउँ ठाउँमा खाल्डो पर्दा सवारी आवगमनमा असहज पैदा भएको छ ।
बिर्तामोड मुक्तिचोक देखि ३ किलो मिटर पस्चिम चारपाने बजार क्षेत्र सम्म साना ठुला गरि सयौं ठाउँमा खाल्डो परेको छ । अत्याधिक सवारीको चाप, समयमा सडक मर्मत नहुदा यसै बर्षायाममा यती विग्न खाल्डाहरु परेको हो ।

बिर्तामोड मुक्तिचोकमा भएको खाल्डोमाा जिल्ला ट्राफिक प्रहरी कार्यालयले बालुवा गिटी हालेर केहीहद सम्म समस्या हल गर्न खोजेपनि उक्तकार्य प्रभावकारी बन्न सकेको छैन्, झन गिटी र बालुवा छरिएका कारण दुर्घटना हुने सम्भावना देखिएको छ ।

महेन्द्र राजमार्गको रेखदेख मर्मत सम्भार गर्ने जिम्मेवारी सडक विभाग कार्यलाईलाई रहेको छ । तर झापामा सडक डिभिजन कार्यालयले महेन्द्र राजमार्ग मर्मतमा आफ्नो जिम्मेवारी बहन गरेको देखिदैन । विगतका बर्षहरुमा असारको अन्तिममा टालटुलको काम गर्दे आएपनि यस बर्ष त्यो काम पनि सडक डिभिजनले गरेको छैन । यतीवेला विर्तामोडको ३ किलो मिटर सडक क्षेत्र मात्र होईन झापाको मेची देखि मावा सम्म ४६ किलो मिटर मुख्य राजमार्गमा कतैपनि सडक मर्मतको काम नभएको सवारी चालकहरु बताउछन् ।

विर्तामोड आफैमा झापाको व्यस्त सहर हो । यस सहरमा मुख्य राजमार्ग हुदै दैनिक लाखौं सवारी साधनहरु ओहोर दोहोर गर्ने गर्छन । ठुला मालबहाक र साना अटोरिक्साको लस्करनै लाग्ने गरेको छ । उसैत साधुरोबाटोको कारणले विर्तामोडमा ट्राफिक जामको समस्या बढदै गएरको छ । त्यसमा खाल्डोका कराण सवारीको गती सुस्त हुने गर्दा झन जामको समस्या बढेकोे छ । विर्तामोड क्षेत्रमा प्रवेश गर्ने अन्यत्र ठाउँका सवारी चालकोलागि खाल्डो दशा नै बन्ने खतरा बनेको छ । खाल्डो जोगाउन सवारी ब्रेक लगाउदा पछाडीबाट आएको सवारीले ठक्करदिने घटना दैनिक जसो हुन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सडक डिभिजन नामको मात्रको रहेको छ । सडको समस्या समाधानमा आश्यकता अनुसारको काम गरेको छैन भन्दा अन्यथा पक्कै हुदैन, सडक डिभिजन कार्यालय कामको नभएर नामको मात्रको भएको भन्दै एक मोटर साईकल चालकले आक्रोस पोखेका छन् ।
खाल्डोबाट हुने सास्ती सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारी चालकले भोग्नु परेको अवस्था छ । मोटरसाइकलको सकप नै भाचिने अवस्थाको खाल्डाहरुले सवारीको क्षती त भएकै छ दुर्घटनाको कारण ज्याननै गुमाउनु पर्ने क्रास रहेको छ । यता लाखौं, करोडौंमा खरिद गरेका नयाँ आधुनिक साना गाडी कारको बङकर ठोकिएर थोत्रो देखिएको भन्दै बिर्तामोडका एक व्यवसायी भन्छन ‘सरकारले करमात्र लिन जानेको छ, विभागिय कर्मचारीलाई काम लगाउन सक्दैन ।’

सर्वसाधारणको गुनासो अनुसार सडक डिभिजन कार्यलयले मुख्य राजमार्ग किन मर्मत नगरेको भनेर आमसंचारले बुझन खोज्दा सडक डिभिजन कार्यलयल दमकको वेयवसाईटमा रहेको सुचना अधिकारी अनुप साउदेनको ल्याण्ड लाईन नं. ०२३–५८०२६५ उठाईएन र मोवाइल नं.९८५२६२६१४६ नम्बरमा सम्पर्क हुन सकेन ।

अन्तिममा भिडियो पनि हेर्नुहोस् ।

यस्तो छ सडक विभागको नीतिगत व्यवस्था
सडकहरुको निर्माण तथा विस्तार कार्यमा उपयुक्त अध्ययन प्रविधि, वातावरण, व्यवस्थापन तथा सडकसुरक्षाको व्यवस्था गर्ने ।
सडक विस्तार एवम स्तरोन्नति गर्न योजनाबद्ध प्रणाली लागू गर्ने ।
योजनाबद्ध सडक मर्मत तथा सम्भार प्रणालीलाइं संस्थागत रुपमा सबै सडकमा लागू गर्ने ।
उच्च प्राथमिकता प्राप्त सडक निमांणमा प्राथमिकता दिने ।
सामाजिक सडक सञ्जालको विकास निमांण तथा विस्तार गर्ने ।
सडक निमांणमा वातावरण मैत्री तथा श्रममूलक प्रविधिको उपयोग गर्ने ।
अन्य पूर्वाधारको विकास तथा आर्थिक क्रियाकलापमा टेवा पु¥याउने गरी सडक निमांण गर्ने ।
सडक निर्माण तथा मर्मत कार्यमा लागत घटाउन स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गरी गरिबी निवारणमा टेवा पु¥याउने ।
सडक निमांण तथा विस्तार गदां नेपाल सरकारका विकास निकायहरु तथा लाभान्वित हुने समुदायहरुलाई सहभागी गराउने ।

कानूनी व्यवस्था
नेपाल सरकार भौतिक योजना तथा निर्मंण मन्त्रालय, सडक विभाग मातहत यस डिभिजन सडक कार्यालयको कार्यसञ्चालनका लागि छुट्ैै कानूनी व्यवस्था गरिएको छैन । डिभिजन कार्यालय सञ्चालनका लागि र्आिंक र्कांविधि ऐन, २०५५, आर्थिक प्रशासन सम्बन्धी नियमावली २०५६, ‘हाल आर्थिक र्कांविधि नियमावली, २०६४’ सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक निर्माण निर्देशिका एवम नेपाल रोड स्टाण्डड एण्ड स्पेसिफिकेसन आदिको आधारमा सडक कार्यालयबाट निर्माण कार्यसञ्चालन हुने ।

डिभिजन सडक कार्यालयको कार्यक्षेत्रभित्रका निर्माण भइसकेका सडक र पुलहरुको संरक्षण र मर्मत सम्भार गर्ने तथा प्राथमिकता प्राप्त क्षेत्रमा नयाँ सडक र पुलहरुको निर्माण गरी सर्वसाधारण जनताको आवागमनमा सुविधा पु¥याउनु कार्यालयको उद्देश्य रहेको छ । डिभिजन कार्या वा कार्यक्षेत्रभित्र काम कर्तव्य र अधिकारहरु रहेका छन् तर यि सबै नीति र कार्यक्रममै मात्र सिमित रहेको छ । व्यवहारमा भने प्रभावकारी काम हुन सकिरहेको छैन । यहाँ विर्तामोड क्षेत्रको मात्र समस्या दर्साईएको छ । झापाका मुख्य र शाखा सडकहरुको अवस्था जिर्ण बन्दै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 633

प्रतिक्रिया (०)