Aamsanchar

मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव गर्ने उत्कृष्ट टिप्सहरू

Author Image
सोमवार, भदौ २८, २०७८

प्रेम भन्ने शब्द सुन्दा जति सुन्दर छ, त्यतिनै यसको भाव पनि गहिरो छ । प्रेम एउटा आफैमा अपूर्ण शब्द हो । जसले यो प्रेम शब्दलाई पुरा गर्न चाहन्छ, उसले पूर्ण बनाउन पनि सक्छ र सक्दैन पनि । त्यसैले गर्दा यो प्रेम शब्द अपूर्ण छ । आजकलका युवा युवतीहरु उमेरको चाहना र भावना अनुसार आत्मीय साथीको खोजीमा हुन्छन् । आत्मियता, साथित्व महसुस गर्दै प्रेमीसँग जीवन जिउने सबैको चाहना हुन्छ ।

प्रेम प्रस्तावका लागि एउटी केटीले केटा मात्रै नहेरेर अधिकांश युवतीहरु केटाहरुले प्रेम प्रस्तावका लागि अपनाउने तरिकावाट पनि प्रभावित हुने गरेका छन् । कतिपय अवस्थामा केटाले व्यक्त गर्ने प्रेमका शब्दहरू मात्र पनि पूर्ण नहुन सक्छन् । प्रेम प्रस्ताव स्वीकार वा अस्वीकार गर्नका लागि प्रस्ताव गर्दाको वातावरण पनि महत्त्वपूर्ण हुन्छ । आफूलाई मन परेको व्यक्तिको मन जित्नका लागि महत्वपुर्ण टिप्सहरु यस प्रकार छन् :

> प्रेम प्रस्ताव गर्नु अघि आफैलाई चिन्नु र विश्वासी बनाउनु पर्दछ । प्रस्ताव राख्नुभन्दा अगाडि पहिला आफैलाई आत्मविश्वासी र बलियो बनाउनुहोस । आफ्नो केही कुराहरू नलुकाईकन खुलस्त ढुक्क भएर भन्नुहोस । सृजनात्मक हुनुहोस र उसको पनि बानी व्यवहार, चाल चलनबारे राम्ररी बुझ्नुहोस् ।

> आफ्नो प्रेमिकासँगको क्यान्डल लाईट डिनर गर्ने उपाय उसलाई प्रभावित पार्ने उपायमध्ये महत्त्वपूर्ण हो । ढल्कदै गरेको साँझसँगै सुरु हुने क्यान्डल लाईट डिनरको आयोजनाले तपाईँको प्रेमिकालाई मायाको जालमा पार्न सहज बनाईदिन्छ । क्यान्डलबाट आएको हल्का उज्यालोमा एक अर्कासँग नजिकिदै आफ्ना प्रेमका शब्दहरू पस्कनु आफैमा रोमान्टिक पल हो । त्यसमा पनि मन परेको मान्छेलाई उसको रुचिको मन पर्ने परिकारहरु बनाउने र नेपथ्यमा हल्का रोमान्टिक सङ्गीत बजाउने गर्नाले माया र रोमान्समा चुर्लुम्म डुब्न थप मद्दत पुग्दछ ।

> पहिलो भेट सबैलाई यादगार हुन्छ । पहिलो भेट र भेटमा बोलचाल भएका व्यक्तिहरू कुनै न कुनै माध्यमबाट स्मरणमा आईरहन्छन् । तपाईँ पनि आफ्नो प्रेम प्रस्ताव राख्नु अगाडि सबैभन्दा पहिला दुई जना कहाँ र कसरी भेट्नु भएको थियो, त्यही ठाउँमा फेरी भेट्ने कार्यक्रम बनाउनुहोस ता कि पुराना यादहरू पुन भेटले ताजा र रोमान्टिक बनाईदियोस् ।

> कतिपयले प्रेम व्यक्त गर्न वा प्रस्ताव गर्न सबैले भ्यालेन्टाईन डेलाई नै रोज्ने गर्दछन् । तर, आफ्नो मायाप्रेम व्यक्त गर्न भ्यालेन्टाइन डेको मात्र प्रतीक्षा गर्नुपर्छ भन्ने छैन । आफ्नो प्रस्तावलाई फरक र उत्कृष्ट बनाउनका लागि मनको भावना पोख्न विभिन्न दिवसहरु जस्तै क्रिसमस, ईद, होली आदिको अवसर उपयोग गर्न सकिन्छ । त्यसै गरी फेन्डसिप डे, बर्थ डे को अवसरमा पनि प्रेम प्रस्ताव गर्न सकिन्छ ।

> रोमान्टिक फिल्म हेर्दा मानिसको मन प्रेमिल बनेको हुन्छ । दुवै जना फिल्म हेर्न जाने र फिल्मको बिच वा ब्रेक टाइममा त्यही प्रेमिल मनको उपयोग गर्ने तरिकाले आफूलाई लागेको कुरा भन्ने वा प्रस्ताव गर्न सकिन्छ । त्यो बेला उनको प्रतिक्रिया कस्तो हुन्छ, जाँच गर्ने मौका पनि हो ।

> प्रेमलाई व्यक्त गर्ने विभिन्न तारिकाहरु मध्य आफ्नो टिसर्ट वा ज्याकेटमा उसलाई माया दर्शाउने शब्दहरू लेखि प्रस्तुत हुनु पनि अर्को गज्जवको उपाय बन्न सक्छ । टिसर्ट तथा ज्याकेटमा लेखिएका ‘विल यु म्यारी मि’ तथा ‘डु यु लभ मि रु’ जस्ता लाईनहरुले पनि मायालुलाई प्रभावित पार्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

> आफ्नो मायालाई अझ आत्मीय र सहज बनाउन पार्कमा गरिने पिकनिकले पनि ठुलो महत्त्व राख्ने गर्दछ । हुन त झट्ट हेर्दा पिकनिक गर्ने कार्यक्रम अति सरल देखिए पनि यो त्यति नै रोमान्टिक र एक अर्कालाई नजिक बनाउन सहयोग सिद्ध हुने गर्छ ।

> युवतीहरु अक्सर बहादुर युवाहरू तर्फ आकृष्ट हुन्छन् । खुलेर प्रेम प्रस्ताव राख्ने मानिसहरू उनीहरूलाई बढी मनपर्छ । त्यसमा पनि विभिन्न सञ्चारमाध्यमहरु जस्तै रेडियो टिभीबाट प्रसारित हुने विभिन्न टेलिफोनिक’ कार्यक्रमहरू मार्फत आफ्नो मायालाई सम्झउन, सुनाउन तथा भावनाहरू राख्न सकिन्छ । गीत संगीतहरु उनैलाई समर्पित गर्नुले पनि मायाको डोरीलाई कसिलो बनाउने गर्छ ।

> कसैलाई आफूप्रति आकर्षित गर्नका लागि आश्चर्यजनक गिफ्ट दिनु पनि सरल उपाय मध्यको एक हो । बक्समा लुकाएर सरप्राइज दिनु या त्यसमा उनलाई मन पर्ने गिफ्टहरु प्याक गरेर सरप्राइज गिफ्ट दिनुले पनि आकर्षण बढाइराख्न सहयोग गर्छ ।

> हुन त सबैले खुलेरै प्रेम प्रस्ताव राख्छन् भन्ने छैन । कतिपय यो मामलामा हिम्मत जुटाउन सक्दैनन भने कतिपयले आफू अस्विकृत हुन्छु कि भन्ने डरले पनि भन्न सक्दैनन् । यदि त्यस्तो हो भने तपाईँ ब्यानर प्रस्तावको उपायलाई अवलम्बन गर्न सक्नुहुन्छ । जस्तै, कुनै सानो वा ठुलो ब्यानरमा ‘आई लभ यु’ लेखि उसको घर वा अफिस बाहिर प्रदर्शन गर्ने । तर, त्यो ब्यानरमा उसको नाम भने उल्लेख गर्नु उचित हुँदैन । यो उपाय तपाईँ रिजेक्ट हुनुहुन्न भन्ने भईसकेपछि मात्रै अपनाउनु राम्रो मानिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर