Aamsanchar

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

Author Image
मङ्गलवार, भदौ २९, २०७८

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल अल अमिरात मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । ओमान लिग–२ को शीर्ष स्थानमा छ । ओमानले १० खेलमा १६ अङ्क जोडेको छ । १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

नेपालले ५ खेलमा ६ अङ्क जोडेको छ भने छैटौं स्थानमा रहेको छ । लिग–२ अन्तर्गत घरेलु मैदानमा नेपालले ओमानसँग दुई खेल खेलेकोमा पराजित भएको थियो । लिग(२ विश्वकप छनोटमा एक टोलीले ९ श्रृङ्खलासहित ३६ खेल खेल्नेछ । शीर्ष तीन देश सन् २०२३ को जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर