Aamsanchar

साँचो प्रेमको अर्थ के हो ?

Author Image
बुधवार, भदौ ३०, २०७८

आज, जब मानिसहरू प्रेमको कुरा गर्छन्, उनीहरू यसको भावनात्मक पक्षको बारेमा मात्र कुरा गरिरहेका हुन्छन् । भावनाहरूले आज एउटा कुरा भन्छन्, भोलि अर्कै कुरा भन्छन् । तपाईंले पहिलो पटक सम्बन्ध बनाउँदा सोच्नुभएको थियो, ‘यो सधैँको लागि हो’। तर, तीन महिनाभित्र तपाईं सोच्नु थाल्नुहुन्छ,‘हरे, म यस्तो व्यक्तिसँग किन जीवन बिताउँदै छु ?’ किनकि, तपाईंले आफूलाई जे मन पर्छ र जे मन पर्दैन, त्यसकै आधारमा सम्बन्ध बनाउनुभएको छ । यस प्रकारको सम्बन्धमा, तपाईंले केवल कष्ट भोग्नुहुनेछ किनकि जब सम्बन्ध अस्थिर हुन्छ-जब खटपट हुन्छ-तपाईंमा असाध्यै पीडा हुनेछ, जुन पूर्णतया अनावश्यक छ ।

यदि तपाईंले हरेक चीजलाई प्रेमपूर्वक हेर्न सक्नुभयो भने, तपाईंको अनुभवमा सम्पूर्ण संसार सुन्दर बन्नेछ । तब तपाईंलाई यो बोध हुनेछ कि ‘प्रेम, तपाईंले गर्ने कुरा होइन प्रेम, तपाईं आफूभित्र हुने तरिका हो ।’

भलै, पीडाको बारेमा थुप्रै कविताहरू लेखिएको भएपनि, प्रेम दुःख सृजना गर्नको लागि होइन । तपाईं प्रेममा हुन चाहनुहुन्छ, किनकि यसले तपाईंलाई आनन्द दिन्छ । प्रेम लक्ष्य होइन: आनन्द लक्ष्य हो । अनेकौँ पटक घाइते र विक्षिप्त भएपनि मानिसहरूमा प्रेम सम्बन्धमा रहने पागलपन रहेको हुन्छ, किनकि जब उनीहरूले आफू प्रेममा छु भनेर सोचेका थिए, उनीहरूमा अलिकति आनन्द थियो । प्रेम, आनन्द प्राप्त गर्ने साधन हो । यतिखेर, अधिकांश मानिसहरूले यही एउटा तरिकाले आनन्दित हुन जानेका छन् ।

तर, तपाईं आफ्नै प्रकृतिले आनन्दित हुन सक्नुहुन्छ । यदि तपाईं आनन्दित हुनुभयो भने, मायालु र स्नेही हुनु समस्या होइन तपाईं यसैपनि मायालु बन्नुहुनेछ । जब तपाईं प्रेम मार्फत आनन्द खोज्नुहुन्छ, तबमात्र तपाईं को–कसलाई माया गर्ने भनेर बढी रोज्न थाल्नुहुन्छ । तर, जब तपाईं आनन्दित रहनुहुन्छ, तपाईंले जे देखेपनि त्यसलाई प्रेमको भावले हेर्न सक्नुहुन्छ, किनकि त्यहाँ अल्झिने डर हुँदैन । जब अल्झिने डर हुँदैन, तबमात्र तपाईंले जीवनसँग पूरै संलग्न रहनु भनेको के हो भनेर जान्नुहुनेछ ।

सद्‌गुरुको अङ्ग्रेजी अभिव्यक्ति ‘फलिङ्ग इन लभ’लाई अनुवाद गरिएको ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर