Aamsanchar

जिम्बाब्वेसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा स्कटल्यान्ड ७ रनले विजयी

Author Image
बिहिवार, भदौ ३१, २०७८

काठमाण्डौ – जिम्बाब्वेसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा स्कटल्यान्डले ७ रनको जित निकालेको छ। गएराति भएको खेलमा स्कटल्यान्डले जिम्बाब्वेलाई ७ रनले हराएको हो । स्कटल्यान्डले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।

जिम्बाब्वेका लागि मिल्टन शुम्बाले सर्वाधिक ४५ रन बनाए । सिन विलियम्सले २८ रन जोड्दा कप्तान क्रेग इर्भिनले २६ रन जोडे । स्कटल्यान्डका सफ्यान शरिफले ४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन जोडेको थियो । जितसँगै स्कटल्यान्डले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर