Aamsanchar

१० दिन दिनभित्रमा १३ वटा हरर फिल्म हेर्नेलाई डेढ लाख रुपैयाँ बराबरको नगद पुरस्कार

Author Image
बिहिवार, भदौ ३१, २०७८

भूत तथा डरलाग्दा दृश्ययुक्त हरर फिल्म कत्तिको हेर्नुहुन्छ ? मुटु दह्रो हुने र हरर फिल्मको सोख हुनेहरुका लागि गज्जबको अफर छ । अमेरिकामा एउटा वित्तीय कम्पनीले १० दिन दिनभित्रमा १३ वटा हरर फिल्म हेर्नेलाई झण्डै डेढ लाख रुपैयाँ बराबरको नगद पुरस्कार दिने भएको छ । आगामी अक्टोबरमा उक्त कार्यक्रम आयोजना हुने बताइएको छ । सीएनएनका अनुसार १३ सय डलर पुरस्कार प्राप्त गर्नका लागि १० दिनमा १३ वटा हरर फिल्म हेर्नुपर्नेछ ।

फिल्मको बजेटले यसका दर्शकहरु माझमा प्रभावकारितामा कति वृद्धि गर्नसक्दछ ? भन्ने तथ्य पत्ता लगाउनका लागि यस्तो प्रयोग गर्न थालिएको सीएनएनले जनाएको छ ।यसका लागि फाइनान्स बज नामक कम्पनीले Horror Movie Heart Rage Analyst नामक पदका लागि विज्ञापन खोलेको छ । उक्त पदमा आवेदन दिनेले चलचित्रको इतिहासमा सार्वजनिक भएका अहिलेसम्मकै सबैभन्दा डरलाग्दा १३ वटा हरर फिल्म हेर्नुपर्नेछ । यसरी फिल्म हेरिरहँदा उक्त व्यक्तिको मुटुको गति निरन्तर मापन गरिनेछ ।

फाइनान्स बजले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ – आउँदै गरेको व्यस्त सिजनको सम्मानमा हाम्रो यो कम्पनी यो जान्न चाहन्छ कि उच्च बजेटमा निर्माण भएका हरर फिल्महरुले दर्शकमा उच्च तहको त्रास पैदा गर्न सक्षम हुन्छ कि हुँदैन ? कम्पनीका अनुसार फिल्म बनाउन खर्च गरिएको रकमको अनुपातमा हरर फिल्महरुबाट पैदा हुने डरको मात्रा बढ्छ कि बढ्दैन भन्ने जाँच्नका लागि फिल्म दर्शकको शरीरमा १३ वटै फिल्म हेर्ने बेलामा फिटबिट कम्पनीको यन्त्र जडान गरिनेछ ।

कम्पनीले हरर फिल्म हेर्नेलाई उक्त यन्त्रका साथै फिल्म भाडामा लिनका लागि ५० डलरसमेत सुरुमै प्रदान गर्नेछ ।

कम्पनीका अनुसार १० दिनमा हेरेर सक्नुपर्ने १३ वटा हरर फिल्म यी हुन् :

  • aw
  • Amityville Horror
  • A Quiet Place
  • A Quiet Place Part 2
  • Candyman
  • Insidious
  • The Blair Witch Project
  • Sinister
  • Get Out
  • The Purge
  • Halloween (2018)
  • Paranormal Activity
  • Annabelle

यी फिल्म हेर्नसक्ने हिम्मत भएमा आगामी २६ सेप्टेम्बर सम्म आवेदन गर्न सकिनेछ । तर यसका लागि अमेरिकामा बसोबास गर्ने १८ वर्षभन्दा माथिका व्यक्तिले मात्र आवेदन गर्न सक्नेछन् ।

एजेन्स

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर