Aamsanchar

झापा : छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु, २ घाइते

Author Image
शुक्रवार, असोज १, २०७८

झापा – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ। दुर्घटना परी दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति ८ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-१२ कालीझोडामा को २० प ४ नम्बरको मोटरसाइकले सोही दिशातर्फ जाँदै गरेको मे १ त ७०६३ नम्बरको ट्रयाक्टरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक कनकाई नगरपालिका-६ दुर्गापुरका ४३ वर्षीय दिलकुमार कार्की र मोटर साइकलपछाडि रहेका मेचीनगर-१३ का ३० वर्षीय युवराज लिम्बु घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। उपचारको क्रममा लिम्बुको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। ट्रयाक्टर र ट्रयाक्टर चालक मेचीनगर(२ का २६ वर्षीय सुवास नेम्बाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै‚ बिहीबार राति १० बजे मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका-३ स्थित सात नम्बर चौकमा मे १० प ६०७ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्र-१-०१-००१ ज ३५५५ नम्बरको पिकअप गाडी एकापसमा ठक्कर खादा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक मेचीनगर-१३ का ३२ वर्षीय परशुराम लिम्बुलाई बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही स्कुटरको पछाडि सवार मेचीनगर(१३ का ३० वर्षीया मनीषा लिम्बु घाइते भएकी छिन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यता प्रहरीले पिकअप र चालक इलामको सूर्योदय नगरपालिका-१० का २७ वर्षीय विवेक प्रधानलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर