Aamsanchar

चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

Author Image
सोमवार, असोज ४, २०७८

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो ।

चेल्सीका लागि थिएगो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले एकरएक गोल गरे । जितसँगै चेल्सीले १३ अङ्क जोडेको छ । टोटनह्याम ९ अङ्कका साथ सातौं स्थानमा छ । यस्तै, गएरातिकै खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

म्यानचेस्टर युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डो र लिंनगार्डले एकरएक गोल गरे । म्यानचेस्टर युनाइटेडको समान १३ अङ्क नै भए पनि उ तेस्रो स्थानमा छ । यस्तै, अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर